२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

राष्ट्रपति पौडेलसँग अजरबैजानका उपविदेशमन्त्रीको शिष्टाचार भेट

Nada
२०८२ वैशाख १९ गते १२:२१
Shares
राष्ट्रपति पौडेलसँग अजरबैजानका उपविदेशमन्त्रीको शिष्टाचार भेट

काठमाडौंः राष्ट्रपति रामचन्द्र पौडेलसँग अजरबैजानका उपविदेशमन्त्री एलनुर मामेडोभले शिष्टाचार भेट गरेका छन् ।

ncell

राष्ट्रपति भवन शीतल निवासमा आज भएको भेटमा राष्ट्रपति पौडेलले दुई देशबीचको सम्बन्धमा नयाँ प्रगति भएकामा खुसी व्यक्त गर्दै दुई देशबीचको सहकार्यका क्षेत्रहरूको पहिचान गरी मिलेर काम गर्नुपर्ने बताए । उनले कोप–२९ मा आफ्नो सहभागिताबारे स्मरण गर्दै आगामी दिनमा दुई देशको सम्बन्ध थप प्रगाढ बन्ने विश्वास व्यक्त गरे।

उपविदेशमन्त्री मामेडोभले राष्ट्रपति पौडेलको अजरबैजान भ्रमणका कारण दुई देशबीचको सम्बन्धमा नयाँ आयाम थपिएको बताउँदै ३० वर्षसम्म कुनै समझदारीपत्रमा हस्ताक्षर हुन नसके पनि अब कुनै न कुनै समझदारीपत्रमा चाँडै हस्ताक्षर हुनेगरी काम भइरहेको जानकारी दिए ।

ताजा खबर

सम्बन्धित खबर