२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

राजावादी आन्दोलनमा भारतको समर्थन छैन : भारतीय नेता चौथाइवाले

Nada
२०८२ वैशाख १९ गते १५:५४
Shares
राजावादी आन्दोलनमा भारतको समर्थन छैन : भारतीय नेता चौथाइवाले

काठमाडौं : नेपाल भ्रमणमा रहेका भारतीय जनता पार्टी (बिजेपी) का विदेश विभाग प्रमुख विजय चौथाईवालाले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तसँग भेटघाट गरेका छन् ।

ncell

मन्त्री पौडेलसँग भएको भेटमा २ देशको आपसी हितका बारेका कुराकानी भएको छ ।

यस्तै भारतीय नेता चौथाइबालले माओवादी केन्द्रका उपमहासचिव पुनसँग भेटेका छन् ।

भेटका क्रममा चौथाईवालेले नेपालमा केही समयअघि सुरु भएको राजावादी आन्दोलनमा भारतको कुनै सहयोग, समर्थन र सदभाव नरहेको बताए । ‘भारत राजतन्त्रको पक्षमा छैन र त्यसका लागि भएका आन्दोलनमा सहयोग, समर्थन, सदभाव र छैन’, चौथाईवालेको भनाइ उद्धृत गर्दै पुनको सचिवालयले भनेको छ ।

यस्तै भारतको जम्मू–कश्मीरको पलगाममा भएको हमलाप्रति नेपाल सरकार, नेपालका राजनीतिक दल तथा नागरिक तवरबाट निन्दा भएकोप्रति चौथाईवालेले खुसी व्यक्त गरेका छन् ।

आक्रमणमा नेपाली नागरिक सुदीप न्यौपानेसहित २७ जनाको ज्यान नगएको थियो । ‘आतंकवादविरुद्ध नेपालले जनाएको ऐक्यबद्धताप्रति सराहना गर्न चाहन्छु’, चौथाइवालेले पुनसँग भनेको सचिवालयले जनाएको छ ।

चौथाइवालेसँग माओवादी केन्द्र र भाजपाबीचको सम्बन्धबारे पनि कुराकानी भएको छ । 

त्यस क्रममा चौथाइवालेले नेपाल–भारत सम्बन्ध सुदृढ गर्न पूर्ववर्ती पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले खेलेको भूमिकाको पनि प्रशंसा गरेका छन् ।

३ दिने नेपाल भ्रमणको सिलसिलामा बुधबार काठमाडौं आएका चौथाईवालेले प्रधानमन्त्री केपी ओली, पूर्वप्रधानमन्त्रीहरू कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, परराष्ट्रमन्त्री डा. आरजु राणा, कांग्रेस महामन्त्री गगन थापा, नेता डा. शेखर कोइराला, उदयशमशेर राणा। गृहमन्त्री रमेश लेखक र नेता एनपी साउद, माओवादी केन्द्रका नेता जनार्दन शर्मासँग भेटेका थिए ।

ताजा खबर

सम्बन्धित खबर