भालुवाङ : लुम्बिनी प्रदेश अन्तर्गत ३ जिल्लाका पत्रकारहरूलाई डिजिटल मिडिया र एआई प्रयोगको विषय तालिम दिइएको छ ।
लुम्बिनी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आर्थिक सहयोगमा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशको आयोजनामा शुक्रबारदेखि अर्घाखाँचीको शीतगंगा नगरपालिका ८ सातमारामा तालिम सुरू भएको हो । तालिममा अर्घाखाँची, दाङ, कपिलवस्तु जिल्लामा कार्यरत ४५ बढी क्रियाशिल पत्रकारहरूको सहभागीता रहेको छ ।
एआई विषयमा सीप सिकाउन डिजिटल मिडिया र कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी तालिम सुरू गरिएको पत्रकार महासंघ लुम्बिनीका अध्यक्ष शुक्रऋषी चौलागाईंले जानकारी दिए । तालिममा एआई विज्ञ जीवन भण्डारी, किरण कौशल लगायतले प्रशिक्षण दिनेछन् ।