२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

गजल

shivam cement
२०८२ वैशाख २० गते ०६:१०
Shares
गजल

-धनराज गिरी

गम्भीर जिन्दगानी मान्नेहरू डराए
कोही मजाक भन्ने दिल्ली पुगेर आए

आधार जिन्दगीको आरोग्य खास साथी
सद्भाव, प्रेम, माया हो शान्ति मुस्कुराए

सत्कर्म कर्मयोगी आनन्द सिर्जनामा
मौरी बनेर बाँचे दायित्व धान्न धाए

प्रारब्ध मान केही होला कतै लुकेको
लेखी कथा, कहानी आफन्त गुन्गुनाए

भुल्ने छ दिल्लगीमा मुस्कान गीत लेखी 
रम्दै रहे धरामा ठट्टाहरू बनाए ।

सम्बन्धित खबर