२०८३ कार्तिक २५ गते बुधवार / Nov 11 , 2026 , Wednesday
२०८३ कार्तिक २५ गते बुधवार

शरदमा वृक्षहरुको सुहागरात

Nada
रेशम विरही
२०८३ कार्तिक २५ गते १२:१७
Shares
शरदमा वृक्षहरुको सुहागरात

फुल्न बाँकी रहेको एकथुंगा फूूल
रजोवती हुन बाँकी रहेकी कुमारी वृक्ष
उभिएकी छ,हरियो पछ्यौरी ओडेर
स्निग्ध चेहराको मैदानमा
फट्फट् फट्फटाएर सुनौला प्वाँखहरु 
मुस्कुराएका छन्, चराहरु 
आँखामा छन्, स्वतन्त्र सपनाका प्रतिविम्ब
आकाशको नीलाम्वर व्रम्हाण्डमा 
पौडी खेल्दैछन् स्वेताम्वर गुम्वज
हेर्दै धरतीको प्रयाचन ।

सिमसारमा उँड्दै गरेको साइवेरियन पंक्षी
टुसुक्क बस्छ र हेर्छ आकाशमाथि
निहुरिन्छ धरतीतिर बिस्तारै र हेर्छ
विसाल हरितिको पोल्टामा पोखिएको
घामको चहक र गोधुलीका मसिना नशाहरु ओडेर
अर्धमुदित नयनमा युवती पालुवाहरुको विभोर लय
र कुमार वृक्षहरुको सुडौल पाखुरामा
बिसाएकी छ, आफ्नो शिर
वायुको करतल प्रस्वासमा
खोजिरहेछ हरितिको चिरन्तर जीवन 

मुजुराहरु एकाएक मुस्कुराउँछन्
निर्वाध सत्यको ऐश्वर्यमण्डपमा
प्राणी र जीवनको गहकिलो रहश्य
जीवन र जगतको मीठो आलिङ्गन
वृक्ष र पवनको सुयोग लय 
विस्फारित नेत्रद्वारको आँखी झ्यालबाट
हाँसेको देखिन्छ सृष्टिको अतुल सत्य
मध्यरातको निश्चलता र दिवसकालको माधुर्यमा
बाजाहरु बज्छन्, 
पातपातमा बसेका छन् मारुनी
हाँगाहाँगामा सोरठी
नृत्य गर्छन् चराहरु
शरद क्रृतुमा वृक्षहरुको सुहागरातमा । 

laxmi recruitement

सम्बन्धित खबर