गणेश सिंह धामी/मध्यान्ह
दार्चुला : दार्चुला जिल्लाकै धार्मिक एवं सांस्कृतिक धरोहर मालिकार्जुन राष्ट्रिय धामका मुखिया, मालिकार्जुन विकास समितिका अध्यक्ष, मालिकार्जुन गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष,श्री मालिकार्जुन मा.वि. मड का विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, मालिकार्जुन गाउँपालिकका कार्यवाहक अध्यक्ष समेतको जिम्मेवारी निर्वाह गरेका स्व. रुद्रे सिंह धामीको बैदिक बिधिपूर्वक अन्त्येष्टि सम्पन्न भएको छ ।
दार्चुलाको शैल्यशिखर नगरपालिका वडा न ९ मा रहेको गोकुलानन्द आर्यघाटमा मंगलबार दिउँसो स्व धामीको अन्त्येष्टि गरिएको हो । स्व.धामीको सोमबार विहान ५ बजे मालिकार्जुन गाउँपालिका वडा नम्बर ३ मड मल्लागाउँमा उनका निवासमा निधन भएको थियो ।
स्व. धामीको निधनले पुरै जिल्ला शोकमय भएको छ। उनले समाज प्रति गरेका हरेक कर्यहरु अबिस्मरणीय रहने दार्चुलावासीहरु बताउँछन् । स्व. धामीको अन्तिम संस्कार अघि शवयात्र गरिएको थियो । मालिकार्जुन मन्दिरदेखि गोकुले आर्यघाटसम्म करिव २७ किलोमीटर लामो शवयात्रामा हजारौं सहभागी भएका थिए ।
शवयात्रा अवधि स्व. धामीको पार्थिव शरीरलाई अन्तिम दर्शनका लागि राखिएको थियो । स्व.धामी प्रति नेपाली कांग्रेसका जिल्ला सभापति ललित सिंह बोहरा, बिक्रम सिंह धामी, मदन गिरी, जिल्ला समन्वय प्रमुख करबिर सिंह कार्की, मालिकार्जुन गाउँपालिका अध्यक्ष नरेन्द्र सिंह धामी, नेपाल भारत मैत्री संघ दार्चुला अध्यक्ष उमेश सिंह खत्री लगायतले श्रद्धाञ्जली दिएका थिए । स्व. धामीको पार्थिव शरीरमा राष्ट्रिय झन्डा र नेपाली कांग्रेसको झन्डा ओडाएर सम्मान गरिएको थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies