
काठमाडौँ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ३१.५४ अंकले बढेर २ हजार ६९५.६० विन्दुमा पुगेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार सेन्सेटिभ परिसूचक ६.४१ अंकले बढेर ४८८.२१ विन्दुमा पुगेको छ । त्यस्तै, फ्लोट सूचक २.२७ र सेन्सेटिभ फ्लोट सूचक २.२५ अंकले बढेको छ ।
आज विभिन्न कम्पनीका २ करोड ३२ लाख ५८ हजार ९ कित्ता शेयर खरिदबिक्री हुँदा कुल कारोबार रकम ८ अर्ब ५७ करोड रुपैयाँभन्दा बढी पुगेको छ ।