
काठमाडौं : टिभिएस मोटरसाइकल तथा स्कुटरको ‘अचम्मैको महा एक्सचेन्ज मेला’ आजदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ । नेपालका लागि टिभिएस मोटर कम्पनीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले आयोजना गरेको मेला कार्तिक १८ गतेसम्म चल्ने छ ।
मेलामा ग्राहकले आफ्ना पुराना मोटरसाइकल तथा स्कुटर एक्सचेन्ज गरी नयाँ टिभिएस मोटरसाइकल वा स्कुटर खरिद गर्न सक्नेछन् । कम्पनीले ग्राहकलाई आकर्षक एक्सचेन्ज मूल्यांकन, विशेष छुट, नगद पुरस्कार तथा सहज फाइनान्स सुविधासहितका अफर उपलब्ध गराएको छ ।
मेलाको मुख्य आकर्षणमा 'टिभिएस गोल्डेन की अफर’ रहेको छ । यसअन्तर्गत ग्राहकले सवारीसाधनको खरिद मूल्यको १०० प्रतिशतसम्म क्यासब्याक वा गोल्ड की अथवा १० लाख रुपैयाँसम्मको नगद छुट प्राप्त गर्ने अवसर पाउने कम्पनीले जनाएको छ । साथै, मेलामा हरेक दिन दुई जना भाग्यशाली विजेताले पाँच वर्षसम्म निःशुल्क सर्भिसिङ सुविधा प्राप्त गर्नेछन् ।
पुराना सवारीसाधनको उचित मूल्यांकनका लागि मेलामा ५० जनाभन्दा बढी अनुभवी भ्यालुएटरको व्यवस्था गरिएको छ । यसबाट ग्राहकले आफ्ना पुराना मोटरसाइकल तथा स्कुटरको मूल्यांकन गराई नयाँ टिभिएस सवारीसाधन खरिद गर्न सक्नेछन् ।
त्यसैगरी, ग्राहकको सुविधालाई ध्यानमा राख्दै नागरिकता र सवारीचालक अनुमतिपत्रका आधारमा छिटो तथा सहज फाइनान्स प्रक्रिया उपलब्ध गराइने कम्पनीले जनाएको छ । उक्त सुविधा सम्बन्धित वित्तीय संस्थाको योग्यता तथा सर्तअनुसार उपलब्ध हुनेछ ।
जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक रौनियारले ग्राहकलाई आकर्षक एक्सचेन्ज मूल्यांकन, विशेष अफर र सहज वित्तीय सुविधा एकै स्थानमा उपलब्ध गराउने उद्देश्यले मेला आयोजना गरिएको बताए । उनले नयाँ टिभिएस मोटरसाइकल तथा स्कुटरमा अपग्रेड गर्न चाहने ग्राहकका लागि मेला उपयोगी अवसर बन्ने विश्वास व्यक्त गरे ।
कम्पनीका अनुसार मेलामा ग्राहकले विभिन्न मोडलका टिभिएस मोटरसाइकल तथा स्कुटरबारे जानकारी लिनुका साथै पुराना सवारीसाधनको मूल्यांकन गराउन र उपलब्ध अफरको लाभ लिन सक्नेछन् ।
शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्स सन् २०१५ देखि नेपाली बजारमा टिभिएसका दुईपाङ्ग्रे सवारीसाधन बिक्री तथा बिक्रीपछिको सेवामा सक्रिय रहँदै आएको छ ।