२०८२ वैशाख २६ गते शुक्रवार / May 09 , 2025 , Friday
२०८२ वैशाख २६ गते शुक्रवार
Ads

भारत प्रशासित काश्मिरमा विस्फोट

मध्यान्ह
२०८२ वैशाख २५ गते २२:०७
भारत प्रशासित काश्मिरमा विस्फोट

एजेन्सी : भारत प्रशासित जम्मु कश्मिरमा विस्फोट भएको छ । शुक्रबार राति जम्मु हवाई अड्डामा विस्फोटको खबर सार्वजनिक भएको छ।

प्रत्यक्षदर्शीहरूका अनुसार, जम्मु शहरको गुज्जर नगर पुलमा रहेका एक व्यक्तिले जम्मु हवाई अड्डाको आकाशमा १६ वटा वस्तुहरू खसिरहेको देखेका छन् । उक्त घटनापछि बजारहरू तुरुन्तै बन्द गरिएका छन् ।

बीबीसी र एएफपी समाचार संस्थाहरूका अनुसार, हवाई अड्डामा एकभन्दा बढी विस्फोट भएका छन् । विस्फोटपछि साइरनहरू बज्न थालेका छन् र सम्पूर्ण शहरमा विद्युत् आपूर्ति रोकिएको छ ।

जम्मु र कठुआ अहिले पूर्ण रुपमा ब्ल्याकआउटमा रहेका छन् । सुरक्षालाई ध्यानमा राख्दै भारतीय सेनाले जम्मुमा डिफेन्स सिस्टम सक्रिय पारेको जनाएको छ ।

स्थानीय प्रशासन र सुरक्षाकर्मीहरू उच्च सतर्कतामा रहेको भारतीय संचारमाध्यमहरुले उल्लेख गरेका छन् ।

ADV

सम्बन्धित खबर