भ्याटिकन : रोबर्ट प्रिभोस्ट बिहीबार भ्याटिकनको नयाँ पोप निर्वाचित भएका छन्। प्रिभोस्ट अब पोप लियो चौधौँको रूपमा चिनिनेछ।
उनी क्याथोलिक चर्चको नेता चयन हुने पहिलो उत्तर अमेरिकी नागरिक हुन् । सिकागोमा जन्मिएका प्रिभोस्ट सुधारकका रूपमा चिनिन्छन् । उनले पेरुमा मिसनरीका रूपमा लामो समय काम गरेका थिए । पछि उनी त्यहाँको आर्चविसप बने । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाबाट पोप पाउनु गर्वको विषय भएको बताएका छन् ।
‘तपाईँहरू सबैलाई शान्ति मिलोस्,’ प्रिभोस्टले भ्याटिकनमा उत्साहित भीडलाई इटालियन भाषामा भने, ‘दाजुभाइ तथा दिदीबहिनीहरू, म तपाईँहरूका परिवारहरूलाई, तपाईँहरू सबैलाई, जहाँ भए पनि शान्तिको शुभकामना पठाउन चाहन्छु। तपाईँहरूमा शान्ति रहोस्।’