२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

५२ वटा रोग संक्रामकको सूचीमा

ADV
मध्यान्ह
२०८१ असार २३ गते १६:२८
५२ वटा रोग संक्रामकको सूचीमा

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रामक रोगको सूची तयार पारेको छ । 

सरकारले राजपत्रमा जनस्वास्थ्य सेवा ऐन २०७५ को दफा ४९ को उपदफा १ ले दिएको अधिकार प्रयोग गरी पहिलो पटक ५२ वटा रोगलाई संक्रामक रोगको सूची तयार पारेको हो ।

संक्रामक रोगहरुको सूचीमा रेबिज, क्षयरोग, कोभिड–१९, दादुरा, डेङ्गु, जापानिज इन्फेफलाइटिस, हैजा, धनुष्टङ्कार, एचआईभी, हात्तिपाइले  स्क्रब टाइफस, कालाजार, रुबेलालगायतका रोगहरु रहेका छन् । 

संक्रामक रोग विशेषज्ञ डा अनुप बास्तोलाले पहिलो पटक संक्रामक रोगबारे सूचिकृत गरिएको बताए । उनले ती रोगले हुन सक्ने समस्या, अन्तर्राष्ट्रिय स्वास्थ्य नियम र कानूनअनुसार सूचीकृत गरिएको जानकारी दिए । 

ADVADV

सम्बन्धित खबर

Advertise