देवदह : रमेश स्मृति कोष नेपालले "रमेश स्मृति सम्मान २०८१" तथा "रमेश स्मृति प्रोत्साहन पुरस्कार २०८१" समर्पण समारोह शनिबार देवदहस्थित ग्रीन प्लान्ट मावीको प्रांगणमा आयोजना गर्दै छ ।
अनुराग साहित्य समाज नेपालको आयोजना, रमेश स्मृति कोष नेपालको संयोजन तथा उज्यालो लाल्टिन प्रतिष्ठान र युगिन साहित्य समाज देवदहको सहकार्यमा उक्त समारोह आयोजना गर्न लागिएको रमेश स्मृति कोषका अध्यक्ष दिप मिलनले जानकारी दिए ।
उक्त कोषको स्रष्टा छनोट समितिले रमेश स्मृती सम्मान २०८१ का लागि धनकुटाका कवि रोशन परियार र प्रोत्सान पुरस्कार २०८१ का लागि देवदहकी युवा सामाजिक अभियान्ता तथा लौमुर पौष्टिक आहारकी संचालिका समज्ञा अधिकारीलाई छनोट गरिएको छ ।
रचना वाचन समारोहमा पोखरामा बसेर साहित्यिक कर्म गरिरहेका साहित्यकार रूप रसाइली 'पुछारघरे' र सरू लामिछानेको विशेष रचना वाचन गरिने भएको छ ।