२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

गजल

shivam cement
२०८२ वैशाख २७ गते ०६:००
Shares
गजल

-रश्मि असफल

गर्नुपर्दा सफर अँध्यारोमा
पर्नु कसको म भर अँध्यारोमा ?

दूर भाग्ने प्रयास गरेकै हो
हुन्छ पापी नजर अँध्यारोमा

आज निम्तो विशेष तिम्रै छ 
पुग्छ पक्कै खबर अँध्यारोमा

आउने छौ तिमी भनेरै हो
चम्किएको शहर अँध्यारोमा

साथ तिम्रो मिले सधैं यस्तै
हुन्छु पक्कै निडर अँध्यारोमा

दम्भ गर्छन् सबै उज्यालोमा
चन्द्रमा भो अमर अँध्यारोमा

देख्छु आभा मुहारमा मीठो
‘रश्मि’कै हो असर अँध्यारोमा ।

सम्बन्धित खबर