२०८२ वैशाख २९ गते सोमवार / May 12 , 2025 , Monday
२०८२ वैशाख २९ गते सोमवार
Ads

राष्ट्रियसभा : किसानलाई मल, प्राकृतिक विपद्‍देखि जडीबुटी उद्योगसम्मका विषयमा सरकारको ध्यानाकर्षण

मध्यान्ह
२०८२ वैशाख २८ गते १४:३५
राष्ट्रियसभा : किसानलाई मल, प्राकृतिक विपद्‍देखि जडीबुटी उद्योगसम्मका विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं : राष्ट्रियसभा सदस्यहरुले विविध समस्याका बारेमा सरकारको ध्यानाकर्षण गराएका छन् । आइतबार राष्ट्रियसभा बैठकको शून्य समयमा बोल्दै सदस्यहरुले समसामयिक विषयहरुमा सरकारको ध्यानाकर्षण गराएका हुन् ।

नेपाली कांग्रेसकी सांसद कमला पन्तले खेतीपातीको समयमा किसानलाई मल र बिउबिजन सहजतापूर्वक उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराइन् । उनले किसानले मल बिउ नपाएको गुनासो गरेको बताइन् । सरकारले आवश्यक मात्रामा मल तथा बीउ भण्डारणमा रहेको बताए पनि वितरण नभएकोप्रति उनले सरकारको ध्यानाकर्षण गराइन् । वितरणमा समस्या हो भने सरकारले तुरुन्त छलफल गरेर किसानले मल तथा बीउ पाउने व्यवस्था गर्न उनले माग गरिन् ।

नेकप एकीकृत समाजवादीकी गोमादेवी तिमिल्सिनाले गत चैत १५ गते आगलागी भएको जडीबुटी उद्योगका बारेमा सरकार मौन बसेको आरोप लगाइन् । उनले जडीबुटी उद्योगमा अगालागीका कारण सर्वसाधारण सेवा सुविधाबाट वञ्चित भएको बताइन् । उनले उद्योग पुनः सञ्चालनका लागि सरकारले के गरिरहेको छ भन्ने प्रश्न गर्दै जवाफ माग गरिन् ।

नेकपा माओवादी केन्द्रका सांसद भुवनबहादुर सुनारले हरेक वर्ष प्राकृतिक विपद्‍बाट हुने धनजनको क्षतिप्रति सरकारको ध्यानाकर्षण गराए । उनले यसवर्ष पनि वर्षाजन्य विपद्‍बाट ठूलो धनजनको क्षति हुनसक्ने मौसमविद्हरुले अनुमान गरेको बताए । उनले जनधनको क्षति हुनबाट बचाउन सरकारले उच्च शतर्कताका साथ समयमै पूर्वतयारी गर्न माग गरे ।

राष्ट्रिय सभा सदस्यहरुले जलवायु परिवर्तनका कारण हिमताल फुटेर हुनसक्ने असर, विकास निर्माणलगायत विभिन्न समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए ।

ADV

ताजा खबर

सम्बन्धित खबर