
काठमाडौं : संघीय संसद्मा प्रतिनिधित्व गर्ने विपक्षी दलहरूको बैठक सिंहदरबारस्थित नेपाली कांग्रेसको संसदीय दलको कार्यालयमा सुरु भएको छ । समसामयिक राजनीतिक घटनाक्रम तथा संसद्मा विपक्षी दलहरूको साझा धारणा तय गर्ने विषयमा छलफल गर्न बैठक बोलाइएको हो ।
बैठकमा नेकपा एमालेबाट पद्मा अर्याल, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट खुस्बु ओली र नेपाली कम्युनिस्ट पार्टीबाट युवराज दुलाललगायत विभिन्न विपक्षी दलका प्रतिनिधि सांसदहरूको उपस्थिति छ ।
बैठकमा समसामयिक राजनीतिक परिस्थिति, सरकारका कामकारबाही तथा विपक्षी दलहरूले संसद्मा निर्वाह गर्नुपर्ने भूमिकालगायत विषयमा छलफल हुने अपेक्षा गरिएको छ ।