२०८२ वैशाख २९ गते सोमवार / May 12 , 2025 , Monday
२०८२ वैशाख २९ गते सोमवार
Ads

गोकर्णेश्वर ‘योग नगर’ घोषणा

मध्यान्ह
२०८२ वैशाख २८ गते १५:२३
गोकर्णेश्वर ‘योग नगर’ घोषणा

काठमाडौं : काठमाडौंको गोकर्णेश्वर नगरपालिकालाई ‘योग नगर’ घोषणा गरिएको छ ।

प्रतिनिधिसभा अर्थ समिति सभापति सन्तोष चालिसे र नगर प्रमुख दीपककुमार रिसाललगायतले स्थानीय गराडोलमा आइतबार आयोजित कार्यक्रममा ‘योग नगर’को औपचारिक घोषणा गरेका हुन् ।

सभापति चालिसेले विश्वभर विभिन्न नयाँ–नयाँ रोग फैलिएका र अशान्ति बढिरहेका बेला मानिसलाई त्यसबाट मुक्ति दिलाउन योगाभ्यास महत्त्वपूर्ण विधि हुनसक्ने बताए ।

गोकर्णेश्वर नगरपालिकाले जनस्वास्थ्य कार्यक्रमलाई प्राथमिकतामा राखेर काम गरिरहेको अवस्थामा आगामी दिनमा योग र ध्यानलाई उच्च महत्व दिइने नगर प्रमुख रिसालले बताए ।

योगगुरुहरूको सहभागिता रहेको सो कार्यक्रममा पतञ्जली योग समिति नेपालका शङ्कर योगी र अर्जना घिमिरेले योग साधना र ध्यानबारे प्रशिक्षणसहित जानकारी गराएका थिए ।

उक्त नगरपालिकाका ९वटै वडाका ४० योग केन्द्रमा नियमित योगाभ्यास हुने गरेको छ । नेपालमा पतञ्जली, जीवन विज्ञान, आर्ट अफ लिभिङ, ओशो, ब्रह्मकुमारी राजयोगलगायतका संस्थाले नियमित ध्यान र योग सिकाउँदै आएका छन् ।
 

ADV

सम्बन्धित खबर