२०८२ असार ३० गते सोमवार / Jul 14 , 2025 , Monday
२०८२ असार ३० गते सोमवार
Ads

भारतीय राजदूतले भेटे पहलगाम आक्रमणमा मारिएका सुदीपको परिवारलाई

shivam cement
मध्यान्ह
२०८२ वैशाख २८ गते १६:१२
भारतीय राजदूतले भेटे पहलगाम आक्रमणमा मारिएका सुदीपको परिवारलाई

काठमाडौं : कश्मीरको पहलगाममा आतंकवादी आक्रमणमा मारिएका सुदीप न्यौपानेको परिवारलाई नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भेटेका छन् ।

श्रीवास्तवले आइतबार बुटबल पुगेर न्यौपानेको परिवारलाई भेटेर समवेदना व्यक्त गरेका हुन् ।

भेटमा उनले आतंकवादविरुद्धको लडाईं र पहलगाम आतंकवादी हमलाका दोषीहरूलाई न्यायको कठघरामा ल्याउन भारत सरकार दृढ प्रतिबद्ध रहेको आश्वासन दिए ।

बुटवल–११ कालिकानगरका सुदीपको १० वैशाखमा पहलगाममा आतंकवादी आक्रमणमा परेर मुत्यु भएको थियो ।

ADV

सम्बन्धित खबर

Advertise