२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

रमेश स्मृति सम्मान तथा रचना वाचन कार्यक्रम सम्पन्न

shivam cement
२०८२ वैशाख २८ गते १९:४५
Shares
रमेश स्मृति सम्मान तथा रचना वाचन कार्यक्रम सम्पन्न

रुपन्देही : रुपन्देहीको देवदहमा रमेश स्मृति सम्मान एवं रचना वाचन कार्यक्रम सम्पन्न भएको छ । अनुराग साहित्य समाजको आयोजना, रमेश स्मृति कोषको संयोजन, युगिन साहित्य समाज र उज्यालो लाल्टिन प्रतिष्ठानको सहआयोजनामा देवदहस्थित ग्रीन प्लान्ट आवासीय माविमा कार्यक्रम सम्पन्न गरिएको हो ।

विक्रम संवत् २०३७ साल फागुन २१ गते जन्मिएका साहित्यकार रमेश हरिलठ्ठकको २४ वर्षकै उमेरमा २०६१ श्रावण २१ गते निधन भएपछि उनको सम्झनामा २०७२ सालमा रमेश हरिलठ्ठक स्मृति कोष स्थापना गरी प्रत्येक वर्ष “श्रष्टा सम्मान” कार्यक्रम गर्दै आइरहेको छ ।

प्रमुख अतिथि साहित्यकार निर्मल ढुंगानाको बाहुबलीबाट सम्मानित धनकुटाका कवि रोशन परियार र प्रोत्साहन पुरस्कार स्वरुप देवदहकी युवा सामाजिक अभियान्ता तथा लौमुर पौष्टिक आहारकी संचालिका समज्ञा अधिकारीलाई  प्रदान गरिएको थियो । 

पोखराका युवा साहित्यकार तथा लेखक रूप रसाइली 'पुछारघरे' र सरू लामिछानेले गजल, कविताको माध्यामबाट देश र समाजको जर्जर अवस्थाबारे लेखिएका रचनाहरु सुनाएर आत्ममुग्ध तुल्याएका थिए ।

सम्बन्धित खबर