२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

मातृभाषाका समाचार प्रवाहले संघीयताको मर्म व्यवहारमा उतार्न सहयोग पुग्छ : संचारमन्त्री गुरुङ

Nada
२०८२ वैशाख २९ गते १२:५३
Shares
मातृभाषाका समाचार प्रवाहले संघीयताको मर्म व्यवहारमा उतार्न सहयोग पुग्छ : संचारमन्त्री गुरुङ

वीरेन्द्रनगर : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रदेशस्तरीय सञ्चार संस्थाहरूको सुदृढीकरण र मातृभाषामा समाचार प्रवाहले संघीयताको मर्मलाई व्यवहारमा उतार्न सहयोग पुग्ने बताएका छन् ।

ncell

नेपाल टेलिभिजन कर्णाली प्रदेश ब्यूरोद्वारा आज सुर्खेतमा आयोजित कार्यक्रमको उद्घाटन तथा रेडियो नेपालको कर्णाली प्रदेश प्रसारण केन्द्रमार्फत खस भाषामा समाचार प्रशारण गर्दै मन्त्री गुरुङले खस भाषामा सुरु गरिएको समाचारले कर्णालीको मौलिकता झल्काउने विश्वास व्यक्त गरे । 

“हामी लोकतान्त्रिक प्रणालीमा छौँ । जनताको सूचना पहुँच सुनिश्चित गर्न सरकार गम्भीर छ । प्रदेशमा सञ्चारका संस्थागत संरचना निर्माण गर्नु त्यसैको हिस्सा हो,” मन्त्री गुरुङले भने, “मातृभाषामा सञ्चार हुनु भनेको नागरिक र राज्यबीचको सम्बन्ध अझ सशक्त हुनु हो, यसले राष्ट्रिय एकतालाई थप मजबुत बनाउँछ ।”

कर्णाली प्रदेश सुनिने मात्र नभएर जनताले चाहे जसरी विकास विश्वास व्यक्त गर्दै सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री गुरुङले प्रदेश सरकारसँग सहकार्य गरेर कर्णालीको विकासमा संघ सरकारले प्राथमिकताका साथ लाग्ने प्रतिबद्धता व्यक्त गरे । उनले सरकारका सञ्चारमाध्यमहरूले भाषा संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्दै राष्ट्रिय एकता बलियो बनाउन सक्रिय भएको बताए । 

रेडियो नेपाल, नेपाल टेलिभिजन, गोरखापत्र र राष्ट्रिय समाचार समिति (रासस) ले जनतालाई केन्द्रित गरेर अघिबढेको उनको भनाइ  छ । मन्त्री गुरुङले यी सञ्चारमाध्यमले देशको समृद्धि र सुशासनको प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेलेको बताए । जनताका लागि सूचना दिने पहिलो दायित्व हो भनेर सार्वजनिक सेवा प्रसारण नेपाललाई अघि बढाएको बताउँदै उनले यसलाई अझै प्रभावकारी बनाइने प्रतिबद्धता व्यक्त गरे । 

एनटिभिलाई विश्वसामु पुर्‍याउन यसै वर्षदेखि अङ्ग्रेजी भाषामा प्रशारण गर्ने तयारी गरिएकाले उनले जानकारी दिए । कर्णाली प्रदेशले अघि बढाएको  डिजिटल प्रदेशको योजनालाई संघले सहकार्य गरेर सहयोग गर्ने मन्त्री गुरुङले उल्लेख गरे । खस भाषाको समाचार सुरुवाताले कर्णालीको प्रदेशको भाषा, सांस्कृतिक पहिचान र सञ्चार पहुँचलाई सुदृढ गराउनका लागि ऐतिहासिक प्रयास भएको बताए । 

सञ्चारको पहुँचको समावेशीकरण र स्थानीय भाषामा समाचार प्रवाहले लोकतन्त्रलाई अझै बलियो बनाउने विश्वास व्यक्त गर्दै मन्त्री गुरुङले आगामी दिनमा यस्ता रचनात्मक कार्यलाई अगाडि बढाउँदै लगिने प्रतिबद्धता व्यक्त गरे ।

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास र समृद्धिका कुरा जनप्रतिनिधि र कर्मचारीको मात्र नभइ सबैको साझा विषय हो भनेर बुझाउन आवश्यक रहेको बताए । उनले कर्णाली विकट मात्र भएको प्रचार भएकाले भन्दै यहाँको सम्भावना र विकासका गतिविधि पनि प्रचार हुन आवश्यक रहेको भन्दै यसमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण हुने बताए । उनले भने, “हामी कर्णाली बनाउन लागिरहेका छौं । कर्णालीको विकास र समृद्धिका लागि सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण छ ।”

यस्तै, सार्वजनिक सेवा प्रशारण नेपालअन्तर्गत रेडियो नेपाल प्रादेशिक प्रशारण सुर्खेतबाट खस भाषामा समाचार तथा कार्यक्रम सुरु गरिएको छ । प्रत्येक दिन साँझ ५ः०५ देखि ५ः१५ सम्म खस भाषामा समाचार प्रशारण हुनेछ । 

योसँगै रेडियो नेपालबाट २६ भाषामा समाचार प्रशारण हुन थालेको छ । सार्वजनिक सेवा प्रशारण नेपालका कार्यकारी अध्यक्ष डा महेन्द्र विष्टले खस भाषाको संरक्षण र प्रवर्द्धनमा सहयोग पुर्‍याउने उद्देश्यले खस भाषामा समाचार तथा कार्यक्रम प्रशारण गरिएको जानकारी दिए । उनले नेपाल टेलिभिजनको प्रदेश ब्यूरोले कर्णाली प्रदेश केन्द्रित गरेर समाचार तथा कार्यक्रम उत्पादनममा सहयोग पुग्ने र यस सार्वजनिक सेवा प्रशारण नेपाललाई अझै प्रभावकारी बनाउने तर्क गरे ।

ताजा खबर

सम्बन्धित खबर