२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

जडीबुटी चोकदेखि पेप्सीकोला चोकसम्मकाे सडक सीमा क्षेत्रका अनधिकृत संरचना हटाउन निर्देशन

Nada
२०८२ वैशाख २९ गते १४:०७
Shares
जडीबुटी चोकदेखि पेप्सीकोला चोकसम्मकाे सडक सीमा क्षेत्रका अनधिकृत संरचना हटाउन निर्देशन

काठमाडौंः जडीबुटी चोकदेखि पेप्सीकोला चोकसम्मकाे सडक सीमा क्षेत्रका अनधिकृत संरचना हटाउन निर्देशन दिइएको छ । काठमाडौं महानगरपालिका र सडक विभागले सोमबार संयुक्त सूचना जारी गर्दै जडीबुटी चोकदेखि पेप्सीकोला चोकसम्मकाे सडक सीमाका अनधिकृत संरचना हटाउन निर्देशन दिएका हुन् । 

ncell

‘नेपाल सरकार भौतिक योजना तथा निर्माण मन्त्रालयबाट मिति २०५८/०८/१८ को राजपत्रमा प्रकाशन गरेको सूचना अनुसार काठमाडौं जडिबुटी चोक (अरनिको राजमार्ग) देखि पेप्सीकोला चोकसम्म सडकको केन्द्र रेखाबाट दायाँ बायाँ दुवैतर्फ १५ मिटर/१५ मिटर सडकको सीमा कायम रहेको हुँदा नेपाल सरकार र स्थानीय सरकारका सम्बन्धित निकायहरूबाट संयुक्त रूपमा मिति २०८२।०१।१० गते सडक सीमाको सीमाङ्कन गरी चिनो लगाइएको वा किला गाडिएको हुँदा सार्वजनिक सडक ऐन २०३१ को दफा १९ को अवज्ञा गरी उक्त स्थानमा सडकको सीमा क्षेत्रभित्र नक्सा पास बिना/नक्सा पास विपरीत निर्माण गरिएका अनधिकृत संरचनाहरू सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र सम्बन्धित व्यक्तिबाटै हटाउन/भत्काउन मुनासिव माफिकको म्याद तोकी यो सूचना प्रकाशित गरिएको छ’, सूचनामा भनिएको छ । 

सूचनाअनुसार तोकिएको म्यादभित्र अनधिकृत संरचनाहरू नहटाएमा सार्वजनिक सड़क ऐन २०३१ र स्थानीय सरकार सञ्चालन ऐन २०७४ तथा प्रचलित भवन निर्माण सम्बन्धी मापदण्ड तथा कार्यविधि र यस कार्यालयको निर्णय बमोजिम कारबाही गरिनेछ । 

ताजा खबर

सम्बन्धित खबर