२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

पाटनमा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

Nada
२०८२ वैशाख २९ गते १५:११
Shares
पाटनमा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास


काठमाडौं :  महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकिल कार्यालय, पाटनको भवन शिलान्यास गरेका छन् ।

ncell

बुद्धजयन्तीको अवसरमा सोमबार बडालले भवन शिलान्यास गरेका हुन् ।

उच्च अदालत पाटनका कामु मुख्यन्यायाधीश लालबहादुर कुँवरले कार्यालयको कामको बोझलाई ध्यानमा राख्दै नयाँ भवन निर्माणले कार्यमा सहजता ल्याउने विश्वास व्यक्त गरे ।

लगभग २६ करोड रुपैयाँ लागतमा निर्माण सुरु भएको यो आधुनिक साततले भवन उच्च सरकारी वकिल कार्यालय, पाटनको हुनेछ । 

कार्यक्रममा महान्यायाधिवक्ताको कार्यालयका नायब महान्यायाधिवक्ता, सहन्यायाधिवक्ता, उपन्यायाधिवक्ता, सहायक न्यायाधिवक्ता, ललितपुरका प्रमुख जिल्ला अधिकारी, उच्च अदालत पाटनका न्यायाधीश, रजिष्ट्रार, जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख, उच्च अदालत पाटन बार इकाईका अध्यक्षलगायत उपस्थित थिए । 


 

ताजा खबर

सम्बन्धित खबर