२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

'सूर्यका कविताको प्रवृत्तिगत विश्लेषण' लोकार्पण

shivam cement
२०८२ वैशाख ३० गते १२:४७
Shares
'सूर्यका कविताको प्रवृत्तिगत विश्लेषण' लोकार्पण

काठमाडौ : कवि सूर्य लाकोजूका ६ वटा कवितासंग्रहलाई आधार बनाएर कवि सूर्यका कविताहरूको प्रवृत्तिगत र विश्लेषणगत विशेषताका बारेमा 'सूर्यका कविताको प्रवृत्तिगत विश्लेषण' नामक समालोचना पुस्तक लोकार्पण गरिएको छ ।

एक समारोहबीच वरिष्ठ समालोचक तथा साहित्यकार एवं कार्यक्रमका प्रमुअ अतिथि प्रा.डा. गोविन्दराज भट्टराई, प्रा.डा. कुमार कोइराला, डा. तुलसी भट्टराई, प्रा.डा. शैलेन्दु प्रकाश नेपाल, डा. तुलसी गौतम, कवि सूर्य लाकोजू, समालोचक श्रीहरि फुयाँललगायतले संयुक्त रूपमा उक्त पुस्तक लोकार्पण गरेका छन् ।

​कार्यक्रममा प्रमुख अतिथि प्रा.डा. भट्टराईले लाकोजू मूलत कवि भएको र सूर्यको कवि व्यक्तित्व छिमेकी राष्ट्रसम्म लोकप्रिय भएको सन्दर्भमा समालोचक तथा साहित्यकार श्रीहरि फुयाँलको सूर्य लाकोजूका कवितामाथि समालोचकीय पुस्तक प्रकाशन हुनु सान्दर्भिक रहेको बताए ।

गहन, गम्भीर, वस्तुगत, यथार्थपरक प्रस्तुति गरेर लेखकले समालोचकीय धर्मको निर्वाह कृतिमा गरेको उनले बताए । उनले सो कृतिका लागि स्रष्टा सूर्यप्रसाद र द्रष्टा श्रीहरि फुयाँल दुवैलाई बधाई दिए । कार्यक्रममा प्रा.डा. भट्टराईसहित प्रा.डा. कोइराला, डा. भट्टराई, प्रा.डा. नेपाल, डा. गौतम, कवि लाकोजू, समालोचक फुयाँललगायतले मन्तव्य व्यक्त गरेका थिए । मन्तव्यका क्रममा सूर्यका कविताको प्रवृत्तिगत विश्लेषण नामक कृति समालोचनाको एउटा महत्ववपूर्ण प्राप्ति बनेर नेपाली समाजमा स्थापित भएको वक्ताहरुले उल्लेख गरे ।

​कृतिमा ११ परिच्छेद छन् । कवि लाकोजू र उनको कवित्वलाई चिनाउने कार्य यस कृतिले गरेको छ । समालोचक फुयाँल धेरै विधामा कलम चलाउँदै आएका सफल स्रष्टा हुन् । उनको यो कृति ट्रान्सवर्ल्ड पब्लिकेशनले बजारमा ल्याएको हो ।

सम्बन्धित खबर