२०८२ वैशाख ३१ गते बुधवार / May 14 , 2025 , Wednesday
२०८२ वैशाख ३१ गते बुधवार
Ads

खोप लगाउन छुटेका बालबालिकालाई आज पुन:सेवा दिइँदै

मध्यान्ह
२०८२ वैशाख ३१ गते ११:३०
खोप लगाउन छुटेका बालबालिकालाई आज पुन:सेवा दिइँदै

काठमाडौँ : नियमित खोप कार्यक्रममा खोप लगाउन छुटेका पाँच वर्षमुनिका बालबालिकालाई आज पुन: सेवा प्रदान गरिँदैछ ।

स्वास्थ्य सेवा विभागले नियमित खोप लगाउन छुटेका आफ्ना बालबालिकालाई आज स्वास्थ्य संस्थामा लगेर खोप लगाउन अनुरोध गरेको छ । बालबालिकालाई विद्यालय भर्ना हुन खोपकार्ड अनिवार्य गरिएको छ ।

यसैबीच, चितवन जनस्वास्थ्य कार्यालयले जिल्लाका अभिभावकहरुलाई सबै पालिकाबाट खोप लगाउने व्यवस्था गरिएकाले खोप लगाउन छुटेका आफ्ना बालबालिकालाई खोप सेवा लिन अनुरोध गरेको छ ।

कार्यालयका कीटनियन्त्रक राम केसीका अनुसार नियमित खोप छुटेका बालबालिकालाई राष्ट्रिय खोप तालिकाअनुसार आज खोप लगाइने छ । जिल्लाका सातवटै पालिकाका सरकारी स्वास्थ्य संस्थाबाट खोप लगाइने छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर