२०८३ असोज २१ गते बुधवार / Oct 07 , 2026 , Wednesday
२०८३ असोज २१ गते बुधवार

भगवती माध्यमिक विद्यालयका विद्यार्थीलाई पोसाक वितरण

Nada
सूर्यप्रसाद भुसाल
२०८२ वैशाख ३१ गते १९:४८
Shares
भगवती माध्यमिक विद्यालयका विद्यार्थीलाई पोसाक वितरण

अर्घाखाँची : अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर २ कुरमा रहेको भगवती माध्यमिक विद्यालयमा नयाँ भर्ना हुन आएका विद्यार्थीहरूलाई पोसाक वितरण गरिएको छ । विद्यालयमा अध्यापन गर्ने अनाथ, असहाय, अति गरिब, जेहेन्दार तथा सो विद्यालयमा पहिलो पटक भर्ना हुन आएका बालबालिकालाई पोसाक वितरण गरिएको हो ।

ncell

भगवती माध्यमिक विद्यालयको आयोजनामा भएको कार्यक्रममा समाजसेवी नन्दलाल श्रेष्ठले स्थापना गरेको ‘नन्दलाल–उमकुमारी अक्षयकोष’बाट नवआगन्तुक १४० जना विद्यार्थीलाई पोसाक वितरण गरिएको विद्यालयका प्रधानाध्यापक ध्रुव केसीले जानकारी दिए ।

अघिल्लो वर्ष चौरासी पूजाको खर्च कटाएर विद्यालयमा समाजसेवी नन्दलाल श्रेष्ठले (आफ्नी दिवंगत श्रीमती उमकुमारी श्रेष्ठको स्मरणमा) स्थापना गरेको ११ लाख ११ हजार १११ रुपैयाँ अक्षयकोष रकमको ब्याजबाट विद्यालयमा भर्ना हुन आउने नयाँ विद्यार्थीलाई विद्यालयले पोसाक उपलब्ध गराएको शिक्षक शोभाखर पन्थीले बताए ।

विद्यालयमा अध्ययनरत बालबालिकालाई पोसाक वितरण गर्न नन्दलाल श्रेष्ठका छोरा ठाकुरप्रसाद श्रेष्ठ र नगरपालिकाका प्रमुख कृष्णप्रसाद श्रेष्ठ विद्यालय पुगेका थिए । आफ्नो सोच अभिभावकविहीन बालबालिकालाई सहयोग गर्नुपर्छ भन्ने रहेको बताउँदै त्यसैअनुरूप विद्यालयले नयाँ विद्यार्थीहरूलाई पोसाक वितरण गरेकोमा खुसी लागेको नगरप्रमुख श्रेष्ठले बताए ।

उनले पैसाको अभावमा पढ्न नपाउँदाको पीडा आफ्नो बाल्यकालमा आफूले भोगेको स्मरण गर्दै कसैलाई पनि पढ्नबाट बञ्चित गर्न हुन्न भन्ने मनसायले गत वर्ष आफ्नो परिवारले विद्यालयमा ११ लाख रुपैयाँको अक्षयकोष स्थापना गरेको बताए । भगवती माध्यमिक विद्यालयको कक्षा ६ मा अध्ययनरत एलिसा नेपालीले स्कुल पोसाक सहयोग पाउँदा खुसी लागेको बताइन् ।

ताजा खबर

सम्बन्धित खबर