२०८३ कार्तिक ६ गते शुक्रवार / Oct 23 , 2026 , Friday
२०८३ कार्तिक ६ गते शुक्रवार

गजल

Nada
२०८२ जेठ ३ गते ०६:००
Shares
गजल

-राधा कणेल

ncell

अनेकौं छन् नयाँ औजार, के चुन्छौ ?
अचानो भै नलाग्ने धार, के चुन्छौ ? 

यता माया छ माया, मात्र माया छ
उता मिल्ने छ सुनको हार, के चुन्छौ ?

म पूजा प्रेमको गर्ने, पुजारी हुँ
बताऊ प्यार वा संस्कार, के चुन्छौ ?

यहाँ हिटलर, अलेक्जेन्डरको खाँचो छ 
बिनासंग्राम भएको हार, के चुन्छौ ?

uae

सम्बन्धित खबर