२०८२ जेठ ८ गते बिहिवार / May 22 , 2025 , Thursday
२०८२ जेठ ८ गते बिहिवार
Ads

प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सद्वारा विद्यार्थीलाई झोला वितरण

G Motors
मध्यान्ह
२०८२ जेठ ७ गते २१:१२
प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सद्वारा विद्यार्थीलाई झोला वितरण

काठमाडौं : प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले कैलाली जिल्लाको चुरे गाउँपालिका अन्तर्गत रहेको ग्वासी आधारभूत विद्यालयका विद्यार्थीलाई झोला वितरण गरेको छ । कम्पनीले ग्वासी विद्यालयमा अध्ययन गर्ने एक सय १० जना विद्यार्थीलाई विद्यालय झोला वितरण गरेको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रेशम थापाको अध्यक्षतामा कम्पनीले एक कार्यक्रम गरी विद्यार्थीलाई झोला वितरण गरेको हो । उक्त विद्यालयमा कक्षा १ देखी ८ सम्म अध्यापन हुने गरेको छ । कार्यक्रममा विद्यार्थी, अभिभावक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरू, स्थानीय जनप्रतिनिधि, शिक्षक अभिभावक संघका पदाधिकारी तथा प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

ADV

सम्बन्धित खबर

Advertise