२०८२ जेठ १० गते शनिवार / May 24 , 2025 , Saturday
२०८२ जेठ १० गते शनिवार
Ads

लोकतान्त्रिक निर्माण व्यवसायी संघ अर्घाखाँचीको अध्यक्षमा बस्याल

सुर्य प्रसाद भुसाल
२०८२ जेठ ९ गते २१:०१
लोकतान्त्रिक निर्माण व्यवसायी संघ अर्घाखाँचीको अध्यक्षमा बस्याल

अर्घाखाँची : नेपाली कांग्रेस पार्टीको शुभेच्छुक संगठन लोकतान्त्रिक निर्माण व्यवसायी संघ अर्घाखाँचीको पहिलो जिल्ला अधिवेशनले वरिष्ठ निर्माण व्यवसायी काशिराम बस्यालको  अध्यक्षतामा १९  सदस्यीय नयाँ जिल्ला कार्य समिति निर्विरोध चयन गरेको छ । 

विपी स्मृति भवन सन्धिखर्कमा सम्पन्न अधिवेशनले उपाध्यक्षमा अशोक कुमार श्रेष्ठ,  नारायण सिंह बेल्वासे,  महासचिवमा अर्जुन खनाल, उपमहासचिवमा सुशील श्रेष्ठ, रामबहादुर राना,  कोषाध्यक्षमा  पम्फा श्रेष्ठ तथा सहकोषाध्यक्षमा  बिष्णु प्रसाद आचार्यलाई चयन गरेको छ । निर्विरोध निर्वाचित समितिका सदस्यहरुमा लक्ष्मण पाण्डे, महेश पन्त, रेसौराज आचार्य, सुवास पौडेल, दुर्गा बहादुर नेपाली, कृष्ण घम, निरज श्रेष्ठ, कृष्ण भुसाल, चन्द्र पुन मगर, दिनेश मरासिनी र यमलाल पौडेल रहेका छन् । 

निर्वाचित समितिका अध्यक्षले थप ५ सदस्य मनोनयन गरेसँगै जिल्ला कार्य समितिले पूर्णता पाउने   लोकतान्त्रिक निर्माण व्यवसायी संघ लुम्बिनी प्रदेशका संयोजक विश्व कुमार चन्दले जानकारी दिए ।

संघको उद्घाटनमा बोल्दै नेपाली कांग्रेस अर्घाखाँचीका सभापति केशव श्रेष्ठले राज्यले निर्माण व्यवसायीको रकम समयमै भुक्तानी गर्न नसकै कारण निर्माण व्यवसायीको बदनामी हुनुको साथै साना व्यवसायीहरु पलायन हुने अवस्था आएको  बताए । 

सार्वजनिक खरिद ऐन पटक–पटक संशोधन गरिएपनि ऐन साना निर्माण व्यवसायीहरुको पक्षमा हुन नसकेको श्रेष्ठले आरोप लगाए । 

निर्माण व्यवसायीले बढीमा ५ वटा मात्रै ठेक्का लिन पाउने व्यवस्था साना निर्माण व्यवसायीको पक्षमा नरहेकोले यसलाई सच्चाउन सरकार गम्भीर हुनुपर्ने उनको  भनाइ थियो । 

निर्माण व्यवसायीले समयमै गुणस्तरीय निर्माणका कामहरु  गरेर उदाहरण देखाउन सुझाव दिँदै लोकतान्त्रिक निर्माण व्यवसायी संघले सबै निर्माण व्यवसायीको हक हितका लागि काम गर्नुपर्नेमा सभापति श्रेष्ठले जोड दिए ।

अब निर्माण व्यवसाय क्षेत्रलाई सम्मानित पेशाको रुपमा अगाडि बढाउन संघको पहल कदमी आवश्यक रहेकाले आफुहरु सधँै व्यवसायिको पक्षमा रहेको श्रेष्ठले बताए ।

लोकतान्त्रिक निर्माण व्यवसायी संघले सबै निर्माण व्यवसायीहरुको  हकहित अधिकारका निम्ति  निरन्तर काम  गर्ने लोकतान्त्रिक निर्माण व्यवसायी संघ लुम्बिनी प्रदेशका संयोजक विश्व कुमार चन्दले प्रतिबद्धता जनाए । 

कांग्रेस स्थानीय तहदेखि संघको सरकारमा उपस्थित रहे पनि कार्य सम्पादनको कमजोरीले समाज र नागरिक तथा जनताले प्रश्न उठाउन थालेकोले सहि ढंगले काम गर्न सरकारलाई निर्माण व्यवसायीले खबरदारी गर्नुपर्ने कांग्रेस अर्घाखाँचीका पूर्व सभापति कमल प्रसाद भुसालले  बताए । 

निर्माण व्यवसायीले गुणस्तरमा ध्यान दिनुपर्ने र सरकारले समेत निर्माणमैत्री कानुन निर्माण गर्नुपर्नेमा निर्माण व्यवसायी संघ लोकतान्त्रिकका केन्द्रीय सदस्य रुद्र शर्माले बताए । 

कांग्रेस जिल्ला उपसभापति बाबुराम पौडेल, सचिवहरु कृष्णप्रसाद खनाल, अच्युत गौतम, जिल्ला कोषाध्यक्ष बिष्णु क्षेत्री, जिल्ला सदस्यहरु लिलाराम गौतम, यमराज पाण्डे, कांग्रेस सन्धिखर्क नगरपालिकाका उपसभापति तुल्सिराम पौडेल, निर्माण  व्यवसायी संघका जिल्ला  उपाध्यक्ष खगिश्वर बस्याल, रामसिह खनाल, महासचिव केशब रिजाल, कोषाध्यक्ष कृष्णप्रसाद बस्याल, वरिष्ठ  निर्माण व्यवसायी भोजराज भुसाल र नेपाल तरुण दलका अध्यक्ष नारायण खड्का लगायतले संघको निर्वाचित समितिले निर्माण व्यवसायीलाई संगठित गरी पेसागत  हकहितको संरक्षण गर्नुपर्नेमा जोड दिएका थिए । 

राज्यले अझै पनि निर्माण व्यवसायीको कामको भुक्तानी समयमै नदिने गरेकोले संघले व्यवसायीका मुद्दा सरकार समक्ष पु¥याउन भूमिका खेल्न आवश्यक रहेको संघका लुम्बिनी प्रदेश सदस्य  हरि कुमार श्रेष्ठ  बताए ।  

ADV

सम्बन्धित खबर