२०८३ असोज २१ गते बुधवार / Oct 07 , 2026 , Wednesday
२०८३ असोज २१ गते बुधवार

नागरिकको सहभागिता बिना विकास निर्माण सम्भव छैन : मन्त्री राणा

Nada
सूर्यप्रसाद भुसाल
२०८२ जेठ १२ गते २१:०७
Shares
नागरिकको सहभागिता बिना विकास निर्माण सम्भव छैन : मन्त्री राणा

अर्घाखाँची : लुम्बिनी प्रदेशका सहरी विकास तथा खानेपानीमन्त्री सरोज थापा (रोज)ले जनताको सहभागिता बिना विकास निर्माण सम्भव नभएको बताएका छन् । 

ncell

कपिलवस्तुको बुद्धभूमी नगरपालिका ३ मा निर्माण सम्पन्न भएको रनगाई खानेपानी आयोजना उपभोक्ता समितिलाई हस्तान्तरण गर्दै मन्त्री रोजले कम पैसामा धारा जडान र थोरै महसुलमा उपभोक्ताहरुलाई  धेरै पानी वितरण गर्न आग्रह गरेका हुन् ।

मन्त्री राणाले नागरिक ले ‘प्रश्न नउठाउने गरी नमुना खानेपानी आयोजनाको रुपमा यो आयोजनाको विकास गर्नुस्’ मन्त्री थापाले भने,‘सुरक्षित स्वच्छ  खानेपानीका लागि नागरिकलाई चाहिने अरु संरचना निर्माणका लागि मन्त्रालयले सहयोग गर्छ ।’ उनले उपभोक्ताबाट उठाएको रकम उपभोक्ताकै सुविधामा खर्च गर्न पनि सुझाव दिँदै नागरिकहरुको विकासमा हातेमालो अहिलेको आवश्यकता रहेको दाबी गरे । 

उनले भने,‘नेपालमा अहिले शुद्ध खानेपानीको पहुँच २७ प्रतिशत नागरिकहरूमा मात्र छ । लुम्बिनी प्रदेश  सरकारले आगामी आर्थिक वर्षको बजेटमा शुद्ध खानेपानी सेवा विस्तारलाई महत्वका साथ लिएकोले खानेपानीका धेरै योजनाहरु सम्पन्न गर्ने गरी मन्त्रालयले बजेट व्यवस्थापन गर्न लागेको उनले बताए । उनले भने, ‘हाम्रो लक्ष्य भनेको अबको एक वर्षभित्र लुम्बिनी प्रदेशभर शुद्ध खानेपानी सेवा ९५ नागरिकमा पुर्‍याउने रहेको छ ।’ विकासमा नागरिकसँग हातेमालो नगरी सरकारले सम्पन्न गर्न नसक्ने मन्त्री राणाले उल्लेख गरे ।

मन्त्री राणाले अब खानेपानीमा विगतमा जस्तो धेरै  फुटकर योजनाहरू नबनाइने तर सुरू भएका सबै योजना आयोजना आफ्नो कार्यकालमा सम्पन्न गर्ने योजना रहेको सुनाए ।

कार्यक्रममा बुद्धभूमी नगरपालिकाका प्रमुख केशब श्रेष्ठले एक घर एक धाराको कार्यक्रमलाई नगरले नीति तथा कार्यक्रम अन्तर्गत प्राथमिकतामा राखेको बताए ।  कार्यक्रममा खानेपानी तथा शहरी विकास मन्त्रालयका महाशाखा प्रमुख गुणानिधि पोख्रेलले थोरै बजेटबाट धेरै योजना सम्पन्न गर्नुपर्ने मन्त्रालयको बाध्यता रहेकोले सबै नागरिकको घरमा  खानेपानीको  धारा  पुर्‍याउने गरी गृहकार्य गरिएको जानकारी दिए ।

ताजा खबर

सम्बन्धित खबर