२०८२ जेठ १९ गते सोमवार / Jun 02 , 2025 , Monday
२०८२ जेठ १९ गते सोमवार
Ads

बानियाँलाई आभास साहित्य सम्मान, उत्कृष्ट साहित्य पुरस्कार 'अर्हत्'लाई

मध्यान्ह
२०८२ जेठ १२ गते २१:१२
बानियाँलाई आभास साहित्य सम्मान, उत्कृष्ट साहित्य पुरस्कार 'अर्हत्'लाई

काठमाडौं : आभास साहित्य कोषले २०८१ सालको आभास साहित्य सम्मान वरिष्ठ लेखक तथा समालोचक राजकुमार बानियाँलाई प्रदान गर्ने निर्णय गरेको छ ।

यसैगरी, आभास उत्कृष्ट साहित्य पुरस्कार, २०८१ ’अर्हत्’ उपन्यासका लागि आख्यानकार शैलेन्द्र अधिकारीलाई प्रदान गरिने कोषले जनाएको छ ।

सम्मानित बानियाँ तीन दशकदेखि साहित्य लेखन, समालोचना र सम्पादन क्षेत्रमा सक्रिय छन् । त्यसैगरी, पुरस्कृत अधिकारीका ’अर्हत्’ सहित ’निर्वेद’ र ’ब्रह्मास्त्र’ आख्यानकृति प्रकाशित छन् ।

सम्मान तथा पुरस्कार आगामी जेठ १६ गते विशेष कार्यक्रमका बीच राजधानीमा समर्पण गरिने कोषका संयोजक बालकृष्ण श्रेष्ठले बताए ।

यसअघि उक्त पुरस्कार ‘दुङाल’ उपन्यासका लागि आख्यानकार मालिका केशरी (प्रकाशकुमार श्रेष्ठ) लाई प्रदान गरिएको थियो ।

ADV

सम्बन्धित खबर