२०८२ जेठ १७ गते शनिवार / May 31 , 2025 , Saturday
२०८२ जेठ १७ गते शनिवार
Ads

संघीय संसद्का चार समितिको बैठक बस्दै

मध्यान्ह
२०८२ जेठ १६ गते ०८:३२
संघीय संसद्का चार समितिको बैठक बस्दै

काठमाडौँ : संघीय संसद् अन्तर्गत आज चार वटा संसदीय समितिको बैठक बस्दैछ । पूर्वाधार विकास समिति, विधायन व्यवस्थापन समिति, सबलीकरण तथा राष्ट्रिय सरोकार समिति, संसदीय सुनुवाइ समिति (संयुक्त)को बैठक बस्न लागेको हो । 

पूर्वाधार विकास समितिको बैठक बिहान ११:०० बजे बस्ने छ। बैठकमा विद्युत् विधेयक, २०८० माथि संशोधनसहित दफावार छलफल हुने छ ।

यस्तै, दिउँसो १:०० बजे विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ । बैठकमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी(पहिलो संशोधन) विधेयक, २०७९ माथि दफावार छलफल हुने छ ।

यस्तैगरी,संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा शान्ति प्रक्रिया, संक्रमणकालीन न्यायका सम्बन्धमा हालसम्म भएका काम कारबाही र सो सम्बन्धमा बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगको भावी कार्य योजनामा छलफल हुनेछ । बैठक बिहान ११ बजे बस्नेछ । 

संसदीय सुनुवाइ समिति (संयुक्त)को बैठकमा अनुगमन कार्यक्रम सम्बन्धमा छलफल हुनेछ । बैठक बिहान ११ बजे बस्ने कार्यतालिका छ । 

ADV

सम्बन्धित खबर