काठमाडौं : गैरआवासीय नेपाली संघ (एनआरएनए)ले भारतमा समस्यामा रहेका नेपालीहरुको सहयोगका लागि हटलाईन टेलिफोन सेवा शुरु गरेको छ । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा. संजिव सापकोटाले तिब्र रुपमा बढ्दै गएको कोभिड १९ को प्रकोपबाट भारतमा ठूलो संख्यामा नेपाली प्रभावित भएपछि संघले स्वास्थ्य सेवा दिने उद्देश्यले हटलाइन शुरु गरेको बताए ।
कोरोना भाइरस सम्बन्धी समस्यामा परेका नेपालीहरुले फोन, टेक्स्ट, भाइवर, ह्वाट्सएप, इमेल मार्फत त्यहाँ रहेका चिकित्सकहरुसँग सिधै सम्पर्क राख्न सक्ने संघले जनाएको छ । हटलाइनमार्फत नेपालीहरुले अतिआवश्यक बाहेकका सेवाहरु लिन सक्ने छन् ।
गैर आवासिय नेपाली संघमा आवद्ध डा. अरुण पौडेल, डा. अविरल निधी र डा. सागर पौडेल (नयाँ दिल्ली) र नेपालमा रहेका डा. प्रभावत अधिकारीको टोली खटिएको हो ।
हालसम्म कोरोना भाइरसको संक्रमण कारण भारतमा ६१ जना नेपालीको ज्यान गएको छ भने तीन हजार भन्दा बढीमा कोरोना संक्रमण देखिएको बताइएको छ । भारतमा एकैदिन सवा तीन लाख कोरोना संक्रमित देखिएका छन् । त्यहाा हरेक दिन दुई हजार पाँच सय भन्दा बढीको मृत्यु भइरहेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies