काठमाडौं : सरकारले वैशाख २३ गते अर्थात आगामी बिहीबारदेखि लागू हुने गरी अन्तर्राष्ट्रिय हवाई उडान बन्द गर्ने निर्णय गरेको भएपनि वैदेशकि रोजगार विभागले सोमबारसम्म श्रम स्वीकृति रोकेको छैन ।
वैदेशिक रोजगार विभागका निर्देशक तथा सूचना अधिकारी महेन्द्र प्रसाद भट्टराईले त्यस विषयमा छलफल गर्न मंगलवार बैठक राखिएको मध्यान्ह राष्ट्रिय दैनिकलाई जानकारी दिए ।
अन्तर्राष्ट्रिय उडान बन्द भएको अवस्थामा श्रम स्वीकृति प्रक्रिया जारी राख्नु उचित नहुने श्रोतले बतायो । गन्तव्य देशमा कोरोना महामारी शुरु भएपछि गएको वर्ष अन्तर्राष्ट्रिय उडान राकिनु ९ दिन अघि नै श्रम स्वीकृति र पुनः श्रम स्वीकृति दुबै रोकिएको थियो ।
सरकारले वैदेशिक रोजगार ऐन र नियमावलीमा म्यानपावर कम्पनीको ईजाजत नवीकरणका लागि वार्षिक एक सय जना कामदार अनिवार्यरुपमा पठाएको हुनुपर्ने व्यवस्था गरेको छ । सरकारले आफैंले अन्तर्राष्ट्रिय उडान रोकेपछि ऐन र नियमावलीमा ईजाजत नवीकरणका लागि संख्याको तगारो राख्न नहुने वैदेशिक रोजगार व्यवसायीहरुको चर्को दबाब रहेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies