२०८२ चैत ८ गते आइतवार / Mar 22 , 2026 , Sunday
२०८२ चैत ८ गते आइतवार
Ads

ठाकुरबाबा नगरपालिका-३ बालविवाह मुक्त वडा घोषणा

shivam cement
सन्तोष पौडेल
२०८२ जेठ २१ गते १६:२७
Shares
ठाकुरबाबा नगरपालिका-३ बालविवाह मुक्त वडा घोषणा

बर्दिया : बर्दियाको ठाकुरबाबा नगरपालिकाको वडा नं. ३ लाई बालविवाह मुक्त वडा घोषणा गरिएको छ  ।

९ वटा वडा रहेको पालिकाले वडा नं. ३ लाई पहिलो बालविवाह मुक्त वडाको रुपमा घोषणा गरेको हो । ‎एक समारोहका बीच नगर प्रमुख तिलकराम लम्सालले वडा नं. ३ लाई बालविवाह मुक्त वडा घोषणा गरे ।

‎वडामा गरिएको पछिल्लो सर्वेक्षणअनुसार १३ प्रतिशत बालविवाहको अवस्था रहनुका साथै नेपाल सरकारको बालविवाह अन्त्यका लागि बनेको राष्ट्रिय रणनीति २०७२,  नगरपालिकाको बालविवाह अन्त्यका लागि बनेको स्थानीय रणनीति २०७७ एवं नगरपालिकाको बालविवाह मुक्त अभियान सञ्चालन निर्देशिका २०७९ मा भएका सम्पूर्ण मापदण्ड पूरा गरेको र यसको दिगोपन सुनिश्चिततामा नगरपालिकाको प्रतिबद्धता रहेपछि वडा नं. ३ लाई बालविवाह मुक्त वडा घोषणा गरिएको हो ।

‎पालिकाको बालविवाह मुक्त अभियान रणनीतिक योजनाअनुसार वडामा १५ प्रतिशतभन्दा कम बालविवाह भए बालविवाह मुक्त घोषणा हुने प्रावधान रहेको छ ।

‎पालिकाको समन्वयमा प्लान इन्टरनेशनल नेपाल, राधाकृष्ण थारु जनसेवा केन्द्र, भेरी वातावरणीय विशिष्टता समूह (बि ग्रुप) बाँके लगायतका गैर सरकारी संस्थाहरुले सञ्चालन गरेको अभियानका कारण वडालाई बालविवाह मुक्त घोषणा गर्न सम्भव भएको नगरप्रमुख लम्सालले बताए ।

पालिकालाई नै बालविवाह मुक्त पालिका घोषणा गर्न पालिकाको सहकार्यमा प्लान इन्टरनेशनल नेपाल, राधाकृष्ण थारु जनसेवा केन्द्र, भेरी वातावरणीय विशिष्टता समूह (बि ग्रुप)लगायतका गैर सरकारी संस्थाहरुले विगत ३ वर्षदेखि अभियान नै सञ्चालन गरिरहेका छन् ।

ताजा खबर

सम्बन्धित खबर