२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

कविता : वा..वा..रे गणतन्त्र

shivam cement
२०८२ जेठ २४ गते ०६:००
Shares
कविता : वा..वा..रे गणतन्त्र

–लक्ष्मण सिटौला

इट्टा भट्टीमा 
जिउँदो ज्यान पोल्ने ज्यानमारालाई पनि 
गणतन्त्रले न्याय दियो वा रे गणतन्त्र !
हत्याराहरू भ्रष्टहरू पापीहरूलाई पनि 
सत्तामा पु¥याइदियो वा वा रे गणतन्त्र 
र देश बेच्नेहरूलाई पनि 
नेपाली जनताले पुजे वा वा रे गणतन्त्र !!
ठेलागाडामा 
तरकारी बेच्नेलाई जेल हालिन्छ
भूमिपतिलाई भूमिसुधार मन्त्री बनाइन्छ
कानुन मिचाहालाई 
न्याय मन्त्री बनाइन्छ
आखिर सबैले न्याय पाए वा वा रे गणतन्त्र !!
आफू हासेर देश रुवाउने 
आफू कमाउने देश कङ्गाल बनाउने
सत्ता जोगाउन 
न्यायालयलाई वेश्यालय बनाउने
इमानदारीताले हारेको मेरो देशमा 
जस्लाई जे जे गर्न पनि छुट छ वा वा रे गणतन्त्र !!
न फेर्न सकियो एक सरो लुगा 
न तर्न सकियो दुखको नदी 
न थाम्न सकियो आँसुको बर्कान
न पुछ्न सकियो आमाको आँखा 
तैपनि सबैले भनिरहेका छन् किन होला 
वा वा रे गणतन्त्र !!
जसरी हिजो 
पञ्चायतलाई 
सुधारिएको पञ्चायती व्यवस्था भनियो
आज गणतन्त्रलाई यदि नसुधार्ने हो 
र हामी नसुध्रने हो भने,
यसले हाम्रा आशा भरोसा 
र समृद्धिको सपनालाई 
खरानी बनाउने छ 
गणतन्त्र वा वा वा हुनको लागि 
बा“हरू सुध्रनु आवश्यक छ !

सम्बन्धित खबर