२०८२ जेठ २५ गते आइतवार / Jun 08 , 2025 , Sunday
२०८२ जेठ २५ गते आइतवार
Ads

चिनियाँले गरे नेपाल–डोलमालिङ कुचिङ कन्सर्ट

मध्यान्ह
२०८२ जेठ २४ गते १९:५१
चिनियाँले गरे नेपाल–डोलमालिङ कुचिङ कन्सर्ट

काठमाडौं : चिनियाँ कलाकारहरूको एक समूहले काठमाडौंमा ‘नेपाल–डोलमालिङ कुचिङ कन्सर्ट’ प्रस्तुति दिएका छन् ।

सांस्कृतिक प्रस्तुतिमा ६ जना चिनियाँ कलाकारहरूले प्रस्तुति दिएको हो । नेपाल गोवाङ इन्टरनेश्नल ट्राभल एजेन्सीको संयोजनमा आयोजित कन्सर्टमा चिनियाँ परम्परागत सांस्कृतिक प्रस्तुति दिएको थियो ।

सांस्कृतिक प्रस्तुति दिन चीनबाट झाउ तेन्जिङ, चाउ लिझिङ, देङ लिझु, मा माहिल, झाउ मान्चुन र पिङ जी लगायतको टोली नेपाल आएको हो ।

नेपाल– चिनबीच सांस्कृतिक आदान–प्रदान गर्ने उद्देश्यले नेपाल आएको सो टोलीले जनस्तरमा सम्बन्ध बिस्तार गर्न बल पुग्ने विश्वास लिइएको छ । टोलीले चीनसहित विश्वका बिभिन्न देशमा चिनियाँ परम्परागत सांस्कृतिक कुचिङ प्रस्तुत गदै आएको छ ।

सांस्कृतिक टोलीको नेतृत्व गदै नेपाल आएका चिनियाँ कलाकार झाउ तेन्जिङले चिनिया परम्परागत संस्कृति झल्काउने किचिङबाट दुई देशको सम्बन्ध विस्तारमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

कुचिङ ३ हजार वर्षदेखि चिनियाँहरूले बजाउँदै आएको एक परम्परागत बाजा हो । कुचिङ अर्थात् साततारे बाजा हो । अहिले चीनको यस परम्परागत बाजालाई कुचिङ भनिन्छ । कु छिन्को मधुर आवाज, शान्त तथा रमणीय धुन छ । 
 

ADV

ताजा खबर

सम्बन्धित खबर