२०८२ जेठ ३१ गते शनिवार / Jun 14 , 2025 , Saturday
२०८२ जेठ ३१ गते शनिवार
Ads

घुस खाएको प्रमाणित गरेर देखाउन अध्यक्ष नेपालको चुनौती

मध्यान्ह
२०८२ जेठ ३० गते १६:५३
घुस खाएको प्रमाणित गरेर देखाउन अध्यक्ष नेपालको चुनौती

काठमाडौंः नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले पूर्वाग्रह राखेर आफूविरुद्ध भ्रष्टाचारको मुद्दा लगाइएको दाबी गरेका छन् । 

शुक्रबार काठमाडौंमा पार्टीको सुदूरपश्चिम प्रदेश सम्पर्क समिति आयोजनामा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष नेपाललले आफूले कहिल्यै घुस नखाएको दाबी गर्दै डराउनुपर्ने कुनै कारण नरहेको बताएका हुन् । उनले नखाएको विष नलाग्ने उल्लेख गर्दै आफूले घुस लिएको प्रमाणित गर्न चुनौती समेत दिए । उनले अन्याय गर्नेहरुको पतन हुने उल्लेख गर्दै सत्य र न्यायको पक्षमा दृढतापूर्वक अघि बढ्न पार्टी कार्यकर्ताहरुलाई समेत गरे । 

उनले भने, ‘नबिराउनु, नडराउनु । बिराएको छैन भने डराउनुपर्ने कुनै आवश्यकता छैन । मान्छेको मनोबल गिराउने, मान्छेलाई तनावयुक्त बनाइदिने र मान्छेको व्यक्तित्वलाई सिध्याउने धेरै ठुलो अपराधी हुन्छ । तर अन्त्यमा फेरि सत्यको जित हुन्छ । असत्यको हार हुन्छ । न्यायको जित हुन्छ, अन्यायको हार हुन्छ । अन्याय गर्नेहरुको पतन हुन्छ । त्यसकारण उच्च मनोबलका साथ अगाडि बढ्नुपर्ने आवश्यकता छ । उच्च मनोबलका साथ अगाडि बढ्न म तपाईहरुलाई पनि आग्रह गर्न चाहन्छु । खाएको विष लाग्ने हो, नखाएको विष लाग्दैन । मैले त चुनौती दिने गरेको छु । मेरो जीवनका कुनैपनि समयमा घुस खाएको प्रमाणित गरेर देखाउनु होस् । माधव नेपालले कसैसँग एक रुपैयाँ घुस लिएको छ ? म चुनौतीका साथ भन्न चाहन्छु ।’

अध्यक्ष नेपालले सुदूरपश्चिाका कैलाली र कञ्चनपुर बाहेकका जिल्लामा समेत संगठन निर्माणमा तिब्रता दिन तल्लो कमिटीलाई निर्देशन दिए ।  

ADV

ताजा खबर

सम्बन्धित खबर