२०८२ चैत ८ गते आइतवार / Mar 22 , 2026 , Sunday
२०८२ चैत ८ गते आइतवार
Ads

आनको ३५औं वार्षिकोत्सवमा रक्तदान, ३ कार्यक्रमको घोषणा

shivam cement
२०८२ जेठ ३० गते २१:२१
Shares
आनको ३५औं वार्षिकोत्सवमा रक्तदान, ३ कार्यक्रमको घोषणा

काठमाडौं : नेपाल विज्ञापन संघ (आन)ले आफ्नो ३५औं वार्षिकोत्सव विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ । 

संघले शुक्रबार पुल्चोक, ललितपुरस्थित लबिम मलमा विज्ञापन, मिडिया तथा अन्य उद्योगी–व्यवसायीहरुको सहभागितामा एक बृहत् रक्तदान कार्यक्रम सम्पन्न गरेको छ  । नेपाल रेडक्रस सोसाइटी अन्तर्गतको रक्त संचार केन्द्रको प्राविधिक सहयोगसहित रिलाएबल फुड एण्ड बेभरेज, डाबर नेपाल, लबिम मल, सन फिस्टको डार्क फेनटासी तथा चोको फन जोयको अन्य सहयोग रहेको कार्यक्रममा करिब १ सय जनाको सहभागिता रहेको थियो । 

शुक्रबार नै संघले अप ग्रेड टु ग्रो शिर्षकको तालिम श्रंंखला र आन बल कार्यक्रमको पनि घोषणा गरेको छ । संघको कार्यकारिणी समितिका सदस्य रंजित आचार्यको संयोजकत्वमा गठित उपसमितिमार्फत इन्टरनेशनल एड्भटाइजिङ एशोसियसनको नेपाल च्याप्टर तथा एड क्लब अफ नेपालको सहकार्यमा सञ्चालन हुने उक्त तालिम विज्ञापन तथा ब्राण्ड मार्केटिङको क्षेत्रमा कार्यरत पेशाकर्मीहरूलाई लक्षित गरी उनीहरूको क्षमता अभिवृद्धिका लागि त्यस सम्बन्धित विभिन्न पक्षहरूमा छुट्टा–छुट्टै श्रृंखलाहरू संचालन गरिने संघका महासचिव कृष्ण घिमिरेले बताए ।

त्यसैगरी संघको ३५औं वार्षिकोत्सवको मौका पारी छिट्टै नै नेपाली चलचित्र, मनोरञ्जन, कला, खेलकुद क्षेत्र तथा समाजका प्रख्यात व्यक्तित्वहरूको संलग्नतामा आन बल नाम बृहत् सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम आयोजना गर्ने घोषणा गरेको छ । संघका कार्यकारिणी समितिका सदस्य प्रभात रिमाल संयोजक रहेको उक्त कार्यक्रम आफैंमा नौलो र मौलिक रहने भएकोले यस सम्बन्धमा बिस्तृत कार्यक्रम छिट्टै नै सार्वजनिक गरिने महासचिव कृष्ण घिमिरेले जानकारी दिए ।

ताजा खबर

सम्बन्धित खबर