२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

४ वटा अस्पताललाई पोषणमैत्री घोषणा

Nada
२०८२ जेठ ३१ गते १९:३३
Shares
४ वटा अस्पताललाई पोषणमैत्री घोषणा

सिन्धुली : सिन्धुलीका २ पालिकामा रहेका ४ वटा स्वास्थ्य संस्थालाई पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको छ । 

ncell

फिक्कल गाउँपालिकाको २, ३ र ५ का ३ वटा स्वास्थ्य संस्था र तीनपाटन गाउँपालिका–१० को स्वास्थ्य चौकीलाई पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको हो । तिनपाटन–१० को स्वास्थ्य चौकी बागमती प्रदेशकै पहिलो पोषणमैत्री स्वास्थ्य चौकी हो ।

फिक्कल गाउँपालिका–५ को स्वास्थ्य चौकी सोल्पाठानालाई एक कार्यक्रमका बीच घोषणा गरिएसँगै पोषणमैत्री स्वास्थ्य संस्थाको संख्या ४ पुगेको हो । सरकारले सन् २०३० भित्र नेपाललाई कुपोषण मुक्त राष्ट्र घोषणा गर्ने गरी दिगो विकास लक्ष्य तय गरेको छ ।

यसअघि फिक्कल गाउँपालिका–२ को स्वास्थ्य चौकी सुम्नामा पोखरी र वडा नम्बर –३ को फिक्कल अस्पताललाई पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको फिक्कल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बर बहादुर रजन मगरले जानकारी दिए । 
 

ताजा खबर

सम्बन्धित खबर