२०८२ असार १ गते आइतवार / Jun 15 , 2025 , Sunday
२०८२ असार १ गते आइतवार
Ads

चर्को गर्मीले थप ६ दिन विद्यालयमा बिदा

मध्यान्ह
२०८२ जेठ ३१ गते १९:३८
चर्को गर्मीले थप ६ दिन विद्यालयमा बिदा

वीरगन्ज : केही दिनयता अत्यधिक गर्मी बढेर जनजीवन नै अस्तव्यस्त बनेपछि वीरगन्ज महानगरपालिकाका विद्यालयहरूमा थप ६दिन बिदा दिइएको छ ।

महाननगरपालिकाले सामुदायिक तथा सार्वजनिक विद्यालयहरूमा १ असार आइतबारदेखि ६ असारसम्म गर्मी बिदा थप गरेको हो । यसअघि महानगरपालिकाले विद्यालयहरूमा २९ र ३० जेठमा २ दिन मात्रै गर्मी बिदा दिएको थियो ।

तर गर्मी कम हुनुको सट्टा झन् बढ्दै गएपछि महानगरपालिकाले शनिबार सूचना जारी गर्दै विद्यालयहरूमा १ असारदेखि ६ गतेसम्मका लागि गर्मी बिदा थप गरेको हो । वीरगन्ज महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाका प्रमुख आनन्द लामिछानेले सूचना जारी गर्दै केही दिनदेखि बढेको अत्यधिक गर्मीका कारणबाट विद्यार्थीहरूको स्वास्थ्यमा प्रतिकूल असर पर्नसक्ने अवस्था देखिएकाले १ असारदेखि ६ असारसम्म ६ दिन वर्षे बिदा मिलान हुने गरी सामुदायिक तथा संस्थागत विद्यालयहरूमा पठनपाठन स्थगित गरिएको जनाइएको छ ।

पर्सा, बारा लगायत मध्यतराईका जिल्लाहरूमा अहिले गर्मी अत्यधिक बढिरहेको छ । यस क्षेत्रमा केही दिनयता तापक्रम बढेर अधिकतम ४१ डिग्री सेल्सियससम्म पुग्ने गरेको छ ।
 

ADV

सम्बन्धित खबर