२०८२ असार १ गते आइतवार / Jun 15 , 2025 , Sunday
२०८२ असार १ गते आइतवार
Ads

चितवनमा रक्तदान महोत्सव, एकैदिन १७१७ युनिट रगत संकलन

मध्यान्ह
२०८२ जेठ ३१ गते २१:५७
चितवनमा रक्तदान महोत्सव, एकैदिन १७१७ युनिट रगत संकलन

चितवन : ब्लड डोनर्स सोसाइटी नेपाल, चितवन शाखाको आयोजनामा नेपालमै पहिलोपटक रक्तदान महोत्सव सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय रक्तदाता दिवसको अवसर पारेर शनिबार भरतपुरस्थित चितवन औद्योगिक प्रदर्शनी केन्द्रमा रक्तदान महोत्सव भएको हो । महोत्सवमा एकैदिन १७१७ युनिट रगत संकलन गरी अभूतपूर्व सफलता हासिल भएको सोसाइटीले जनाएको छ । संस्थाका अध्यक्ष एकराज बुर्लाकोटीले यो मानवीय यात्राको महाअभियानले समग्र चितवनको समाजसेवा प्रतिको प्रतिबद्धतालाई शब्दले बयान गर्न नसकिने बताएका छन् । 

No description available.

रक्तदान महोत्सवपछि धन्यवाद ज्ञापन गर्दै अध्यक्ष बुर्लाकोटीले भनेका छन्, ‘रक्तदान महादान÷जीवनदानको सार्थकता पुष्टि गर्न चितवनबासीको असाधारण ऐक्यबद्धता सामाजिक कार्यको इतिहासमा स्वर्णिम अक्षरले लेखिने छ भन्ने कुरामा हामी आश्वस्त छौं । रगतको अभावमा कोही कसैले ज्यान गुमाउनु पर्दैन भन्ने यथार्थ चितवनबाट प्रमाणित भएको छ ।’

१५०० यूनिट त्यसमा पनि करिव ७०० जना नयाँ रक्तदाताबाट रगत जम्मा गर्ने लक्ष्य केवल संख्याको होडबाजी नभएर सामथ्र्यको खोजी भएको उनले बताएका छन् । 

No description available.

कार्यक्रममा चितवनका विभिन्न संघसंस्थाहरू, स्वयंसेवकहरू, सञ्चारकर्मीहरू र आम नागरिकहरूको उल्लेख्य सहभागिता रहेको थियो । अध्यक्ष बुर्लाकोटीले सबै रक्तदाताहरू, सहयोगी संस्था, शुभेच्छुक र समर्थकहरूलाई संस्थागत तथा व्यक्तिगत तर्फबाट धन्यवादका साथै आभार व्यक्त गरेका छन् । उनले यो महोत्सवबाट सिर्जना भएको सकारात्मक उर्जा र राष्ट्रिय जागरण भविष्यका दिनमा अझ प्रभावकारी सामाजिक पहलको प्रेरणाको स्रोत बन्ने विश्वास व्यक्त गरेका छन् । 

अध्यक्ष बुर्लाकोटीले भनेका छन्,‘यस प्रकारको सेवा–भावनाले हामीलाई केवल आजका लागि होइन, भोलिका पुस्ताहरूलाई पनि समाजसेवाको उज्यालो मार्ग देखाउनेछ ।’

No description available.

रक्तदान महोत्सवमा नयाँ रक्तदातालाई आकर्षित गर्न विभिन्न उपहार योजना समेत ल्याइएको थियो । 

महोत्सवमा निःशुल्क स्वास्थ्य शिविर, रक्त समूह परीक्षण, प्रभातफेरि कार्यक्रम समेत राखिएको थियो । यस्तै गत आर्थिक वर्षभित्रमा एक सय भन्दा बढी पिन रगत संकलन गर्ने संघसंस्था र व्यक्तिहरुलाई पनि विशेष सम्मान गरिएको थियो । 

चितवनमा हाल दैनिक डेढ सय पिन रगत आवश्यक हुने गरेको र महोत्सवमा संकलन भएको १७ सय पिन रगत यही खपत हुने प्रादेशिक रक्तसंचार केन्द्र भरतपुरले जनाएको छ । 

 

ADV

सम्बन्धित खबर