२०८२ असार २ गते सोमवार / Jun 16 , 2025 , Monday
२०८२ असार २ गते सोमवार
Ads

मनहरीमा थप २ पुल निर्माण

मध्यान्ह
२०८२ असार १ गते १६:४०
मनहरीमा थप २ पुल निर्माण

हेटौंडा : मकवानपुरको मनहरी गाउँपालिकामा थप २ वटा पुल बनेके छ । २०७७ सालमा ठेक्का सम्झौता भएका २ वटा पुलको उद्घाटन भएको हो ।

मनहरी गाउँपालिकाले आन्तरिक स्रोतबाट निर्माण सम्पन्न गर्ने गरी २०७७ मा ५ वटा पुलको ठेक्का सम्झौता गरेको थियो । तीमध्ये ३ वटा पुल १ वर्षअघि निर्माण सम्पन्न भइसकेको छ ।

नेपाली कांग्रेसका बागमती प्रदेश सभापति तथा पूर्वगृहराज्यमन्त्री ईन्द्रबहादुर बानियाँले दुबै पुलको उद्घाटन गरेका छन् । बागमती प्रदेश सभा सदस्यसमेत रहेका बानियाँले मनहरी गाउँपालिका–३ मा पर्ने हाँडीखोला र ठाडोखोलामा निर्माण गरिएको पुलको उद्घाटन गरेका हुन् ।

३५ मिटर लम्बाइको हाँडीखोला पुल भैरव÷नारायणम् जेभीले ५ करोड ३५ लाख ५१ हजार रुपैयाँमा निर्माण गरेको हो । ९० मिटर लम्बाइ र ८.४० मिटर चौडाइको ठाडोखोला पुल हिराचन÷बानियाँ जेभीले ८ करोड ६७ लाख ५ हजार रुपैयाँमा सम्झौता गरी निर्माण गरेका हुन् ।

मनहरी–३ र ४ जोड्ने ट्वाङ्ग्रा खोला पुल, ३ र ४ नम्बर वडा नै जोड्ने मसिने खोला पुल, मनहरी १ र २ जोड्ने च्यापलखोला पुल गतवर्ष जेठमा उद्घाटन गरिएको थियो ।

ट्वाङ्ग्रा खोला पुल ६ करोड ४९ लाख ६० हजार रुपैयाँमा, मसिने खोला पुल ६ करोड ५९ लाख ५० हजार रुपैयाँमा र च्यापल खोला पुल ६ करोड २८ लाख ९८ हजार रुपैयाँको लागतमा निर्माण गरिएको गाउँपालिकाले जानकारी दिएको छ ।

मनहरी गाउँपालिकाले ५ वटै पुल गाउँपालिकाको आफ्नै स्रोतबाट निर्माण गरेको हो । करिब साढे ३३ करोड रुपैयाँको लागतमा पुल निर्माण गएको गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले जानकारी दिए ।

यी पुल निर्माण हुनुअघिसम्म मनहरीका अधिकांश क्षेत्रलाई झोलुंगे पुलले जोडेको थियो ।  गाउँपालिकाले निर्माण गरेको ५ वटा पुलले ४ वटा वडालाई जोडेको छ । तरकारी उत्पादनका पकेट क्षेत्र रहेका यी वडाहरूका किसानलाई आफ्ना उत्पादनलाई बजारसम्म पु¥याउन पुल निर्माणले सबैभन्दा बढी फाइदा पुग्ने देखिएको छ ।
 

ADV

सम्बन्धित खबर