२०८२ असार २ गते सोमवार / Jun 16 , 2025 , Monday
२०८२ असार २ गते सोमवार
Ads

कोशी प्रदेशको बजेट ३५ अर्ब ८७ करोड, पूर्वाधार प्राथमिकतामा

जुनु भट्टराई
२०८२ असार १ गते १९:१७
कोशी प्रदेशको बजेट ३५ अर्ब ८७ करोड, पूर्वाधार प्राथमिकतामा

विराटनगर : कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ३५ अर्ब ८७ करोड १९ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षको बजेटभन्दा १.७ प्रतिशत र संशोधित अनुमानभन्दा १२ प्रतिशतले बढी यो बजेट आइतबार प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले प्रस्तुत गरेका हुन् ।

कुल बजेटमध्ये ५२ प्रतिशत अर्थात् १८ अर्ब ६७ करोड ३३ लाख रुपैयाँ चालु खर्चतर्फ, ४७.७ प्रतिशत अर्थात् १७ अर्ब १० करोड ६५ लाख पुँजीगत खर्चतर्फ र ०.३ प्रतिशत अर्थात् १० करोड रुपैयाँ वित्तीय व्यवस्थापनतर्फ विनियोजन गरिएको छ। स्थानीय तहमा वित्तीय हस्तान्तरणका लागि ४ अर्ब ७० करोड ७२ लाख छुट्याइएको छ ।

राजस्व स्रोतका हिसाबले आन्तरिक आम्दानीबाट ५ अर्ब ५० करोड, राजस्व बाँडफाँडबाट १२ अर्ब ३९ करोड ६० लाख, वित्तीय समानिकरण अनुदानबाट ८ अर्ब ९८ करोड ३४ लाख, सशर्त अनुदानबाट ४ अर्ब ५७ करोड १० लाख, समपूरक र विशेष अनुदानबाट क्रमशः ३९ करोड १७ लाख र ५५ करोड ७२ लाख संकलन हुने अनुमान गरिएको छ । रोयल्टीबाट ३५ करोड ६ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ भने बाँकी ३ अर्ब १३ करोड रुपैयाँ मौज्दातबाट खर्च हुने बजेट विवरणमा उल्लेख छ ।

बजेटमा पूर्वाधार विकासमा सबैभन्दा बढी १० अर्ब ५७ करोड रुपैयाँ विनियोजन गरिएको छ । त्यसपछि खानेपानी, सिंचाइ र उर्जातर्फ ४ अर्ब ७३ करोड ३० लाख, कृषि तथा उद्योगतर्फ २ अर्ब १८ करोड, पर्यटन, वन तथा वातावरणका लागि २ अर्ब ९७ करोड ६६ लाख रुपैयाँ छुट्याइएको छ ।

शिक्षा, विज्ञान तथा सामाजिक क्षेत्रमा २ अर्ब ५ करोड ५५ लाख र स्वास्थ्य क्षेत्रमा ३ अर्ब ५१ करोड ७१ लाख रुपैयाँ विनियोजन गरिएको छ । शान्ति सुरक्षाका लागि ९६ करोड रुपैयाँ बजेट छुट्याइएको छ ।


ADV

सम्बन्धित खबर