२०८२ असार ३ गते मङ्गलवार / Jun 17 , 2025 , Tuesday
२०८२ असार ३ गते मङ्गलवार
Ads

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल : वर्षौंको प्रतीक्षा, अझै अलपत्र

shivam cement
इसत्याक अहमद
२०८२ असार २ गते २०:५२
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल : वर्षौंको प्रतीक्षा, अझै अलपत्र

रौटहट : ८–९ वर्षअघि शिलान्यास भएको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल अहिलेसम्म पनि निर्माणको चरणमा प्रवेश गर्न सकेको छैन । विमानस्थलको काम सुरु नहुनु मधेश प्रदेशका लागि दुर्भाग्यपूर्ण मात्र नभइ विकासको सम्भावनामा गम्भीर अवरोध समेत भएको देखिन्छ ।

यो बीचमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (भैरहवा) निर्माण सम्पन्न भइ सञ्चालनमा आइसकेका छन् । तर, नेपाल र मधेशको आर्थिक राजधानी वीरगन्ज नजिकैको यो बहुप्रतिक्षित विमानस्थल किन अलपत्र अवस्थामा रह्यो भन्ने गम्भीर रूपमा प्रश्न उठेको छ ।

वर्तमान सरकारले ‘विकासप्रेमी’भन्ने नाराका साथ अघि बढिरहेको दाबी गरेको छ, तर हालै सार्वजनिक भएको आगामी आर्थिक वर्ष २०८२÷८३ को बजेटमा निजगढ विमानस्थलको नाम समेत उल्लेख नगरिनु यसप्रति सरकारले देखाएको उपेक्षाको प्रतिक जस्तो भएको स्थानीय बताउँछन् । 

बहुमतको सरकार रहेको अवस्थामा पनि मधेशको यस्तो महत्वाकांक्षी परियोजनालाई बेवास्ता गर्नु मधेश विरोधी प्रवृत्तिको संकेत हो कि भन्ने आशंका जनस्तरमा उठ्न थालेको छ ।

अर्कोतर्फ, मधेशबाट निर्वाचित जनप्रतिनिधिहरूले समेत यस विषयमा पर्याप्त दबाब नदिनु, अझ चिन्ता जनक विषय भएको एक स्थानीयले गुनासो गरेका छन् । 

अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भए बारा, पर्सा, रौतहट,सर्लाही,महोत्तरी,धनुषा, सिरहा र सिंगो मधेशको विकास र रोजगारी सिर्जना हुने अपेक्षा गरिएको छ ।

ADV

सम्बन्धित खबर

Advertise