२०८२ असार ४ गते बुधवार / Jun 18 , 2025 , Wednesday
२०८२ असार ४ गते बुधवार
Ads

रविन्द्र मिश्र धरौटी बुझाएर रिहा

shivam cement
मध्यान्ह
२०८२ असार ३ गते १९:३४
रविन्द्र मिश्र धरौटी बुझाएर रिहा

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र धरौटी बुझाएर रिहा भएका छन् । काठमाडौं जिल्ला अदालतकी न्यायाधीश तारादेवी महर्जनको इजलासले उनलाई ३ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।

सोही अनुसार उनी ३ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएकी हुन् । मिश्र आज आफैं अदालत उपस्थित भएका थिए ।

मिश्रविरुद्ध यही जेठ ११ गते राज्य विरुद्धको कसुर, आपराधिक उपद्रव, संगठित अपराध र एकीकृत कसुरमा सजाय हुन माग दाबी गरी मुद्दा दर्ता भएको थियो ।

गत चैत १५ गते राजावादीले आयोजना गरेको प्रदर्शन भड्किएर हिंसात्मक बनेको थियो । २ जनाको मृत्यु हुने गरी भएको घटनामा मिश्रले उत्तेजक अभिव्यक्ति दिएका थिए ।

ADV

सम्बन्धित खबर

Advertise