२०८२ चैत ८ गते आइतवार / Mar 22 , 2026 , Sunday
२०८२ चैत ८ गते आइतवार
Ads

सिंजा गाउँपालिकाका ६ वटा स्वास्थ्य संस्था पोषणमैत्री घोषण

shivam cement
२०८२ असार ३ गते २२:१३
Shares
सिंजा गाउँपालिकाका ६ वटा स्वास्थ्य संस्था पोषणमैत्री घोषण

जुम्ला : जुम्लाको सिंजा गाउँपालिकाका ६ वटा स्वास्थ्य संस्थालाई पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको छ । गाउँपालिका, वडापालिका तथा स्वास्थ्य शाखाको पहलमा एकैदिन ती संस्थाहरुलाई पोषणमैत्री घोषणा गरिएको हो । स्वास्थ्य संयोजक ललितबहादुर रोकायाका अनुसार पोषणका आधारभूत सूचकहरूमा प्रगति भएपछि ती स्वास्थ्य संस्थाहरूलाई पोषणमैत्री घोषणा गरिएको हो ।  उनका अनुसार वडा नम्बर ३ को नराकोट स्वास्थ्य चौकी, वडा नम्बर १ को धापा स्वास्थ्य चौकी, वडा नम्बर ५ को शनिगाउँ स्वास्थ्य चौकी, वडा नम्बर २ को बिष्टबाडा आधारभूत स्वास्थ्य केन्द्र, वडा नम्बर ४ को देविडाडा आधारभूत स्वास्थ्य केन्द्र र वडा नम्बर ६ को दातमा आधारभूत स्वास्थ्य केन्द्र पोषणमैत्री घोषणा भएका छन् । 

त्यस्तै घोषणा कार्यक्रममा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धिताल, उपाध्यक्ष सितली रोकाया, प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर शाही, वडाध्यक्षहरू, कार्यपालिका सदस्यहरू, स्वास्थ्यकर्मीहरू तथा साझेदार निकायका प्रतिनिधिहरू सहभागी थिए । 

स्वास्थ्य संयोजक रोकायाका अनुसार आधारभूत पोषण सूचकहरूमा मेहनत पूर्वक कार्य भएको हो । सबै संस्था पोषणमैत्री घोषणा भएपछि आगामी असार ९ गते सिंजा गाउँपालिकालाई नै ‘पोषणमैत्री गाउँपालिका’ घोषणा गर्ने तयारी गरिएको छ । सो अवसरमा पोषण प्रदर्शनी मेला समेत आयोजना गरिनेछ । यस अभियानमा प्लान नेपाल र पेस नेपालजस्ता साझेदार संस्थाहरूले लामो समयदेखि सहयोग गरिरहेका छन् । 

शनिगाउँ स्वास्थ्य केन्द्रमा आयोजित कार्यक्रममा अध्यक्ष धितालले पोषण मानव जीवनसँग प्रत्यक्ष रूपमा जोडिएको विषय भएकाले गाउँपालिकाले पोषणलाई उच्च प्राथमिकता दिएको बताए । उनले अभियानमा सक्रिय स्वास्थ्यकर्मीहरू तथा साझेदार निकायलाई धन्यवाद समेत दिए ।

गर्भवती महिलाको नियमित जाँच, आयरन र फोलिक एसिड चक्की सेवनको प्रतिशत, स्वास्थ्य संस्थामा सुत्केरी गराउने दर, जन्मेको एक घण्टाभित्र स्तनपान सुरू गर्ने शिशुहरूको संख्या, भिटामिन ‘ए’ क्याप्सुल वितरण, बालबालिकाको नियमित वृद्धि अनुगमनजस्ता सूचकहरूमा लक्ष्य पुरा भएपछि ती संस्था पोषणमैत्री घोषणा भएका हुन् । सिंजा गाउँपालिका, जिल्लामा पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गर्ने पहिलो गाउँपालिका बनेको छ ।

ताजा खबर

सम्बन्धित खबर