२०८२ असार ४ गते बुधवार / Jun 18 , 2025 , Wednesday
२०८२ असार ४ गते बुधवार
Ads

माटोको ढिस्को खस्दा १ जनाको मृत्यु, ५ घाइते

shivam cement
मध्यान्ह
२०८२ असार ४ गते ०८:३६
माटोको ढिस्को खस्दा १ जनाको मृत्यु, ५ घाइते

हुम्ला : सिमकोट गाउँपालिका-४ स्थित बुराउसेमा माटोको ढिस्को खस्दा घाइते भएकी सुवित्रा विकको उपचारको क्रममा मृत्यु भएको छ ।

निर्माणाधीन सडकमा ग्याबिन भर्ने उद्देश्यले जग खन्ने क्रममा अचानक माथिबाट माटोको ठुलो ढिस्को खस्दा सो दुर्घटना भएको हो । घटनामा परी गम्भीर घाइते भएकी २३ वर्षीया विकको उपचारको क्रममा जिल्ला अस्पताल सिमकोटमा मृत्यु भएको हुम्लाका प्रहरी प्रमुख एवं प्रहरी नायव उपरीक्षक शंकर पोखरेलले जानकारी दिए ।

सोही घटनामा परी घाइते भएका पाँच जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको उपरीक्षक पोखरेलले बताए । घाइते हुनेमा बाजुरा जिल्ला जगन्नाथ गाउँपालिका-१ का २५ वर्षीय पदम सार्की, सिमकोट गाउँपालिका-४ का अन्दाजी २२ वर्षीया शर्मिला विक, सिमकोट गाउँपालिका-४ का ५४ वर्षीया हीरा लामा, ४० वर्षीय पेमा लामा र ५० वर्षीया डोल्मा लामा रहेका छन् । उनीहरूको जिल्ला अस्पताल हुम्लामा उपचार भइरहेको छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise