काठमाडौँ : पहिरोका कारण सोमवारदेखि अवरुद्ध काली गण्डकी कोरिडोरअन्तर्गत गुल्मी खण्डको सडक एकतर्फी सञ्चालनमा आएको छ ।
सडकको पहिरो आशिंकरुपमा हटाएपछि हिजो बेलुकादेखि सडक एकतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय गुल्मी जनाएको छ ।
काली गण्डकी गाउँपालिका-६ को बरल्बामा सोमवार दिउँसो सडक माथिबाट ढुंगासहितको सुक्खा पहिरो खसेपछि सडक पुर्णरूपमा अवरुद्ध थियो ।
सडक निर्माण कम्पनी कालीका कन्ट्रक्सनले डोजर र उपकरण प्रयोग गरी सडक छेउको पहिरो पन्छाएपछि एकतर्फी रूपमा सडक सञ्चालन आएको हो ।