२०८२ असार ४ गते बुधवार / Jun 18 , 2025 , Wednesday
२०८२ असार ४ गते बुधवार
Ads

५ स्वास्थ्य केन्द्र र एम्बुलेन्स सेवा बन्द

shivam cement
मध्यान्ह
२०८२ असार ४ गते ११:४७
५ स्वास्थ्य केन्द्र र एम्बुलेन्स सेवा बन्द

चितवन : राप्ती नगरपालिकाले ज्यालादारी कर्मचारी हटाएपछि ५ स्वास्थ्य केन्द्र र एम्बुलेन्स सेवा बन्द भएको छ ।

नगरप्रमुख शमशेर लामाले स्रोतको अभावका कारण ७२ जना दैनिक ज्यालादारी कर्मचारी हटाइएसँगै स्वास्थ्यलगायत क्षेत्रमा समस्या उत्पन्न भएको बताए। विकट पहाडी गाउँमा रहेका कान्दा, कालीटार, वाकराङ, अमृतपानी र परेवाकोट स्वास्थ्य केन्द्र बन्द भएका छन् । ती क्षेत्र जिल्लाको पहाडी र सीमान्तकृत चेपाङ समुदायको बाक्लो बसोबास भएका स्थान हुन् । त्यहाँ कार्यरत स्वास्थ्यकर्मी हटेपछि स्वास्थ्य केन्द्र बन्द भएका हुन् ।

ज्यालादारीमा रहेका दुईजना एम्बुलेन्स चालक हटेपछि नि:शुल्क सेवा दिँदै आएका दुईवटा एम्बुलेन्स पनि थन्किएका छन् । नगरप्रमुख लामाले नियमित परीक्षणका लागि क्यान्सर, मिर्गौला, मुटुलगायत बिरामीलाई अस्पतालसम्म नि:शुल्क लैजाने काम प्रभावित भएको बताए ।

नगरपालिकाको भण्डारा अस्पतालका पाँचमध्ये तीन जना चिकित्सक हटाएपछि चौबीसघण्टे सेवा प्रभावित भएको छ । प्रमुख प्रशासकीय अधिकृत नहुँदा औषधि खरिद हुन नसकेर आंशिक रूपमा दिइएको सेवा पनि औषधिको अभावमा दुई दिनमा बन्द गर्न बाध्य हुने अवस्था आएको लामाले जानकारी दिए ।

ADV

सम्बन्धित खबर

Advertise