२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

प्रादेशिक अस्पताल गौर मधेसशकै पुनः उत्कृष्ट

Nada
२०८२ असार ४ गते १५:४५
Shares
प्रादेशिक अस्पताल गौर मधेसशकै पुनः उत्कृष्ट

रौतहट : रौतहटको गौरस्थित प्रादेशिक अस्पताल मधेश प्रदेशमा पुनः उत्कृष्ट बनेको छ । मधेश प्रदेश स्वास्थ्य मन्त्रालय अन्तर्गत न्यूनतम सेवा मापदण्ड कार्यान्वयन कार्यक्रम अनुसार गरिएको अनुगमन निरीक्षणपछि कार्यसम्पादन मूल्याङ्कनको आधारमा गौर अस्पताललाई उत्कृष्ट घोषणा गरिएको हो ।

ncell

प्रादेशिक अस्पताल गौर मूल्यांकनको आधारमा कुल ९१  प्रतिशत नम्बर ल्याएर मधेश प्रदेशको ६ वटा प्रादेशिक अस्पतालमध्ये उत्कृष्ट र देशकै ५० बेडका २० प्रादेशिक अस्पतालमध्ये उत्कृष्ट १० मा परेको मेडिकल सुपरीटेन्डेन्ट डा. मुरारी ठाकुरले बताए ।
प्रदेश स्वास्थ्य मन्त्रालय अन्तर्गत न्यूनतम सेवा मापदण्ड कार्यान्वयन कार्यक्रमलगायत विभिन्न निकायका ११ सदस्यीय टोलीले प्रादेशिक अस्पताल गौरको सूक्ष्म तरिकाले छड्के अनुगमन निरीक्षण गरी निष्कर्षमा पुगेको थियो ।

न्यूनतम सेवा मापदण्ड कार्यान्वयन कार्यक्रम अन्तर्गत अनुगमन टोलीले अस्पतालले दिइरहेको सेवा, डाक्टर स्वास्थ्यकर्मीको अवस्था, उनीहरूले बिरामीसँग गर्ने व्यवहार, भौतिक पूर्वाधारको अवस्था, एम्बुलेन्स, क्यान्टिन, बिरामीको बेड, अप्रेसन कक्ष, शौचालयको अवस्था, सरसफाइ, अस्पतालले बिरामीलाई दिने सुविधा लगायतको मूल्यांकन गरी छुट्टाछुट्टै नम्बर दिने गरेको छ ।

यस अघि गत फागुन ६ गते ८९ अंक ल्याएर प्रादेशिक अस्पताल गौर प्रदेशमा उत्कृष्ट तथा देशमै टप टेनको सूचीमा परेको थियो ।
 

ताजा खबर

सम्बन्धित खबर