पोखरा : गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ (५) अनुसार पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेकी हुन् ।
पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गर्न विपक्षी गठबन्धनका सांसदले प्रदेश प्रमुखको कार्यालयमा धर्ना दिएका थिए । त्यसको केही समयमै प्रदेश प्रमुख पौडेलले पोखरेललाई मुख्यमन्त्रीमा नियूक्त गरेकी हुन् ।
उनको केहीबेरमा शपथ ग्रहणको कार्यक्रम तय भएको छ । पोखरेललाई माओवादी, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र स्वतन्त्र सांसद् राजीव गुरुङको समर्थन छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies